add

अरुण चौधरी र अजितनारायण सिंह थापा चिरायु अस्पतालमा भर्ना






ActPro Nepal

|

१९ माघ, २०८०

|
336

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरोको नियन्त्रणमा रहेका ब्यवसायी अरुण चौधरी र अजित नरायण सिंह थापालाई चिरायु अस्पतालमा भर्ना गरिएको छ । मुटुमा समस्या देखिएपछि चौधरीलाई महाराजगञ्ज स्थित चिरायु अस्पतालमा भर्ना गरिएको सीआईबी स्रोतले जनाएको छ।

अरुण चौधरीले बाँसबारी छालाजुत्ता कारखानाबाट च्याम्पियन फुटवेयर लिमिटेडको नाममा आएको १० रोपनी जग्गा निजिकरण गरेको आरोप छ । चौधरीसँगै बाँसबारी छालाजुत्ता कारखानाका पूर्व अध्यक्ष अजितनारायण सिंह थापा पनि ब्युरोको नियन्त्रणमा छन् ।

चौधरी ग्रुपका सदस्य तथा सीजी होल्डिङका प्रबन्ध निर्देशक हुन् अरुण। अजितनारायण सिंह थापा बाँसबारी छालाजुत्ता कारखानाका पूर्व अध्यक्ष हुन्। उनीहरुले सरकारको नामको १० रोपनी जग्गा किर्ते गरेर निजीकरण गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ।

यता व्यसायीहरुले भने चौधरीलाई पक्राउ गरेकोमा आपत्ति जनाएका छन्। उनीहरुले बिहीबार पत्रकार सम्मेलन गर्दै निजी क्षेत्रलाई सरकारले हतोत्साहित हुनेगरी डण्डा बर्साएको आरोप लगाएका छन्। 

यो पनि

बाँसबारी जग्गा प्रकरणः अरुण चौधरी पक्राउ
अरुण चौधरी पक्राउ प्रकरण: नाडाले गर्यो घोर भत्सना

‘देशको प्रतिष्ठित व्यवसायीलाई पक्राउ गरेर निजी क्षेत्रलाई हतोत्साहित बनायो’



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.