काठमाडौं । यो साता लगातार चौथो दिन पनि सुनको मूल्य बढेको छ। आइतबार स्थिर रहेर त्यसयता निरन्तर बढेको सुनको मूल्य बिहीबार पनि प्रतितोला पाँचसय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १९ हजार दुईसय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ६ सय ५० रूपैयाँ कायम छ।
बुधबार स्थिर रहेको चाँदीको मूल्य भने बिहीबार तोलामा १० रूपैयाँले घटेको छ। चाँदी आज प्रतितोला एक हजार चारसय १० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।