add

कृषि विकास बैंकले ल्यायो एडिविएल ओभरड्राफ्ट कार्ड, के–के पाइन्छ सुविधा ?






ActPro Nepal

|

१७ माघ, २०८०

|
72

काठमाडौँ । बैकले आफ्नो ५७ औँ वार्षिकोत्सवको अवसर पारेर ओभरड्राफ्ट क्रेडिट कार्डको आफ्ना ग्राहकमाझ ल्याएको छ । 

बैंकको ५७ औँ वार्षिकोत्सवका दिन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको उक्त सेवाको उद्घाटन गरेका थिए । उक्त सेवा प्राप्त गरेपछि डेबिट कार्ड र क्रेडिट कार्ड बोक्नु पर्ने झन्झटबाट मुक्त हुने बैंकले जनाएको छ । 

कृषि विकास बैंकमा भएको तलबी खातामा रकम मौज्दात सकिएपछि २ लाखसम्म ओभरड्राफ्ट सुविधा प्राप्त गर्नुका साथै यस कार्डको प्रयोग पश्चात् एउटै खाताबाट बचतमा व्याज पाइने, कर्जाको सावाँ र व्याज तिर्न पाइने भएको छ । 

एउटा कार्डको शुल्कले दुई वटा कार्ड (डेबिट र क्रेडिट) को सेवा लिन पाइने, खातामा रहेको मौज्दातमा उच्चतम व्याज पाइने, ओभरड्राफ्टका अतिरिक्त मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्वीआर कोड लगायत ओभरड्राफ्ट लिमिटको रकम उपयोग गर्न सकिने यस सेवाका विशेषता रहेको छ । 

बैंकले जारी गरेको यो सेवा नवीन रहेको र यस सेवाको उपभोग गरी तमाम ग्राहकहरू लाभान्वित हुने बैंकले जनाएको । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.