add

यू-१९ विश्वकप : सुपर सिक्समा नेपालको भिडन्त भारत र बंगलादेशसँग






ActPro Nepal

|

१५ माघ, २०८०

|
217

काठमाडौं । नेपालले दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्समा भारत र बंगलादेशसँग खेल्ने भएको छ।

नेपालले सुपर सिक्सको पहिलो खेल माघ १७ गते बुधबार बंगलादेशसँग खेल्नेछ। दोस्रो खेलमा भारतसँग प्रतिस्पर्धा गर्नैछ। यो खेल माघ १९ गते शुक्रबार हुनेछ।

नेपाल समूह डी बाट तेस्रो स्थानमा रहेर सुपर सिक्स पुगेको हो। समूह ‘डी’मा पाकिस्तान विजेता र न्युजिल्यान्ड उपविजेता बनेका छन्।

नेपालले समूह चरणको पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटको हार खाएको थियो। सनसनीपूर्ण बनेको अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाल सुपर सिक्समा पुगेको हो।

समूह चरणपछि सुपर सिक्स भनिए नेपालसहित १२ टिम सहभागी छन्। सुपर सिक्मा नेपाल, भारत, पाकिस्तान, न्युजिल्यान्ड, बंगलादेश र आयरल्यान्ड एउटा समूह बनेको छ भने अर्को समूहमा दक्षिण अफ्रिका, इंग्ल्यान्ड, वेस्टइन्डिज, अष्ट्रेलिया, श्रीलंका र जिम्बावे छन्।

दुई सुपर सिक्सका शीर्ष दुईदुई टिम विश्वकपको सेमिफाइनल प्रवेश गर्नेछन्। सुपर सिक्समा समूह चरणको अंक तालिकासमेत गणना हुने प्रावधान छ।

अहिलेसम्म भारतले सर्वाधिक ५ पटक यू-१९ विश्वकपको उपाधि जितेको छ। अष्ट्रेलियाले तीन पटक उपाधि हात पारेको छ भने पाकिस्तानले दुई उपाधि उचालेको छ। बंगलादेश, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र इंग्ल्याण्डले एक-एक पटक उपाधि जितेका छन्।

यू-१९ विश्वकपमा नेपालले यसअघि सात पटक सहभागिता जनाइसकेको छ। यो पटक नेपाल आठ वर्षपछि प्रतियोगितामा सहभागी भएको हो। अहिले टेस्ट राष्ट्र अफगानिस्तानलाई पराजित गर्दै सुपर सिक्स प्रवेश गर्नु नेपालका लागि उपलब्धि मानिएको छ।

नेपालले गत वर्षको फागुनमा भएको यू-१९ एसिया छनोटमा संयुक्त अरब इमिरेट्स (युएई)लाई फाइनलमा हराउँदै यू-१९ विश्वकपमा स्थान बनाएको थियो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.