add

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ललितपुरमा खोल्यो दुई नयाँ शाखा






ActPro Nepal

|

१२ माघ, २०८०

|
225

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले  बिहीबारदेखि थप २ शाखा संचालनमा ल्याएको छ । बैंकले ललितपुरमा २ वटा नयाँ शाखाहरु संचालनमा ल्याएको हो ।

बैंकले ललितपुर महानगरपालिका–१५ मा सातदोबाटो शाखा र ललितपुर महानगरपालिका–२५ मा भैंसेपाटी शाखा संचालनमा ल्याएको हो । नयाँ शाखाहरुबाट बिहीबारदेखि नै बैंकिङ सेवाहरु सुरु भएको बैंकले जनाएको छ ।

बिहीबारदेखि खुलेका नयाँ शाखाहरुको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले उद्घाटन गरेका छन् ।

कार्यक्रममा सीईओ पाण्डेले नयाँ शाखाहरुबाट ग्राहकहरुलाई गुणस्तरीय बैंकिङ सेवा तथा सुविधाहरु दिने बताए । बैंकले हालसालै बाराको सिमरा, काठमाडौंको शंखमुल र अनामनगरमा नयाँ शाखाहरु संचालनमा ल्याएको थियो ।

बैंकले हाल देशभरिमा २६६ शाखा, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखा रहित बैंकिङ र २५७ वटा एटीएम मार्पmत सेवा प्रदान गरिरहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.