add

६१ किलो सुन प्रकरणमा ६ जनालाई धरौटीमा छाड्न उच्च अदालतको आदेश






ActPro Nepal

|

११ माघ, २०८०

|
219

काठमाडौ ।  ६१ किलो सुन तस्करी प्रकरणमा उच्च अदालत पाटनले ट जनालाई धरौटीमा छाड्न आदेश दिएको छ। यस्तै १२ जना भने हिरासतमै रहेका छन्। 

बुधबार न्यायाधीश धीरबहादुर चन्द र कृष्णराम कोइरालाको इजलासले ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ भने १२ जनाको हकमा जिल्लाको आदेश सदर गरेको छ। 

धरौटीमा छुट्नेमा भन्सार अधिकृत गणेशप्रसाद  पौडेलसहित छ जना छन् । अदालतले त्रिवि भन्सारका अधिकृत पौडेल र नायब सुब्बा वीरेन्द्र नेपाली ५–५ लाख धरौटीमा छाड्न आदेश दिएको छ ।

त्यसैगरी भन्सार एजेन्ट यादव पराजुली र शुदर्शन गौतमलाई २ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

कार्गोका एजेन्ट पुष्करराज भट्ट र अर्का एकजनालाई एक–एक लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

उच्च अदालतमा निवेदन दिनेहरुमा दिलिप भुजेल, दावा छिरिङ, सुमन खरेल, किशोर घिमिरे, राजेन्द्र कुमार राई, हर्कराज राई, कृष्णकुमार श्रेष्ठ, रामकुमार भुजेल, थुप्तिन छिरिङ, शिवकुमार शर्राफ लगायत थिए ।

काठमाडौं जिल्ला अदालतले गत भदौ ३१ गते फैस्ला सुनाएका २९ प्रतिवादीमध्ये १२ जनाले गत मंसिर २१ गते पाटन उच्च अदालत निवदेन दिएका थिए । प्रतिवादी दावा छिरिङको कैफियत प्रतिवेदन गत पुस ५ गते उच्च अदालतमा पेश भएको थियो ।

मोटरसाइकलको ब्रेक शुमा सुन लुकाएर ल्याएको अवस्थामा करिब ६० किलो सुनसहित पक्राऊ परेकाहरुमाथि पहिले राजस्व अनुसन्धान विभागले छानविन गरेर पछि प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोलाई जिम्मा लगाएको थियो ।

ब्यूरोको प्रतिवेदन अनुसार जिल्ला अदालतले २९ जनालाई दोषी देखाएको थियो । तीमध्ये एकजना जिल्ला अदालतबाटै धरौटीमा छुटेका थिए भने तीनजना अहिलेसम्म फरार छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.