काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपाल न्यूजिल्याण्डसँग ६४ रनले पराजित भएको छ ।
दक्षिण अफ्रिकामा जारी आइसिसी यू१९ विश्वकपमा युवा ब्याटर अर्जुन कुमालको उत्कृष्ट ब्याटिङका बाबजुद न्यूजिल्यान्डले दिएको ३०३ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३८ रन मात्र बनाउन सक्यो ।
नेपालका ओपनर अर्जुन कुमालले १०४ बलमा १२ चौकासहित ९० रन एक सानदार इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् । अन्तिम विकेटका लागि तिलकराज भण्डारी र सुवास भण्डारीले ३७ रनको अविजित साझेदारी गरे । देव खनाल ३४ बलमा ५ चौका र १ छक्कासहित ३६ रनमा आउट भए । उत्तम थापामगर, दीपक बोहरा, दीपेश कँडेलले खाता खोल्न सकेनन् ।
अन्य कुनैपनि नेपाली ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । यो हारले सुपर सिक्स सम्भावनामा ठूलो धक्का लागेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।