add

ग्लोबल आइएमई बैंकको नाफामा उच्च गिरावट, खराब कर्जा बढेर सीमा नजिक पुग्यो






ActPro Nepal

|

७ माघ, २०८०

|
71

काठमाडौं । ग्लोबल आइएमई बैंकको खुद नाफामा भारी गिरावट आएको छ । बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण खुद नाफा २६.५८ प्रतिशतले घटेकोे हो ।

बैंकले पुस मसान्तसम्म २ अर्ब ४ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ७४ करोड रुपैयाँ कम हो । बैंकले गत वर्ष सोही अवधिमा २ अर्ब ७८ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी बढे पनि संचालन मुनाफा घट्दा र खबरा कर्जा बढ्न गई इम्पेयरमेन्ट चार्ज बढ्दा नाफामा गिरावट आएको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३७.९९ प्रतिशतले बढेर ९ अर्ब २ करोड रुपैयाँ पुगेका छ । बैंकको सञ्चालन नाफा भने २५.०८ प्रतिशतले घटेर २ अर्ब ८४ करोड रुपैयाँमा सीमित भएको छ ।

समीक्षा अवधिमा बैंकले ४ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ६४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैंकको निक्षेप ६.५५ प्रतिशत र कर्जा लगानी २.९० प्रतिशतले बढेको हो ।

हाल ३६ अर्ब १२ करोड चुक्ता पूँजी रहेको बैंकको रिटेन्ड अर्निङमा १ अर्ब २७ करोड रुपैयाँ ऋणात्मक छ । यस अवधिमा बैंकको जगेडा कोषमा भने २२ अर्ब १ करोड संचित छ । पुससम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब २७ करोड ऋणात्मक छ ।

खुद नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १८.०७ रुपैयाँबाट घटेर ११.३१ रुपैयाँमा झरेको छ ।

पुससम्म बैंकको प्रतिसेयर नेटवथ १५७.४ रुपैयाँ, बेसरेट ९.६ प्रतिशत, सीडी रेसियो ८०.०४ प्रतिशत रहेको छ । यस अवधिमा बैंकको खराब कर्जा भने ह्वात्तै बढेर सीमा नजिक पुगेको छ । गत वर्ष २.९२ प्रतिशत रहेको बैंकको खराब कर्जा यस वर्ष बढेर ४.६८ प्रतिशत पुगेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.