add

टाइगर कप राष्ट्रिय भलिबलको पुरुषमा हेल्प नेपाल र महिलामा एपीएफको ह्याट्रिक






ActPro Nepal

|

७ माघ, २०८०

|
184

पर्वत।पोखरामा सम्पन्न चौथो टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ विभागीय टोली सशस्त्र प्रहरीको एपीएफले उपाधिमा ह्याट्रिक गरेको छ भने पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टस क्लबले उपाधि जितेको छ।

महिलातर्फको फाइनलमा चन्द्रागिरि न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा हराउँदै एपीएफले तेस्रो पटक लगातार उपाधि जितेको हो। पहिलो सेट एपीएफले २५–२० ले, दोस्रो सेट २५–१८ ले र तेस्रो सेट २५–२१ ले जित्दै एपीएफले नगद पाँच लाख ५५ हजार पाँच सय ५५ प्राप्त गरेको छ । उपबिजेता न्यु डायमन्डले दुई लाख ५५ हजार पाँच सय ५५ प्राप्त गरेको छ ।

पुरुषतर्फ भने टिपटप हेल्प नेपाल स्पोर्टस क्लब काठमाडौँ च्याम्पियन भएको छ। तीन जना भारतीय खेलाडी सम्मिलित डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेश भलिबल सङ्घलाई तीन जना पाकिस्तानी खेलाडी सम्मिलित हेल्प नेपाल स्पोर्टस क्लबले ३–१ को सोझो सेटमा पराजित गर्दै च्याम्पियन भएको हो। पहिलो सेट २५–१३ ले, दोस्रो  सेट २५–१८ ले जित्दै दबाबमा राखे पनि तेस्रो सेटमा खेलमा पुनरागमन गर्दै गण्डकीले २६–२५ ले जितेको थियो।   तर चौथो सेट हेल्प नेपालले २५–१७ ले सहज जित दर्ता गर्दै पहिलो पटक उपाधि नै जितेको हो। खेलका सबै क्षणहरू आफ्नो पक्षमा पारेको हेल्प नेपालको रणनीतिलाई चिर्न नसक्दा गण्डकी उपविजेतामा चित्त बुझाउन बाध्य भएको हो।

च्याम्पियन भएसँगै हेल्प नेपाल स्पोर्टस क्लबले नगद पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँका सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ। उपविजेता गण्डकीले नगद दुई लाख ५५ हजार पाँच सय ५५ प्राप्त गरेको छ।

पुरुषतर्फ सशस्त्र प्रहरीको एपीएफ क्लबले तेस्रो स्थान प्राप्त गरेको छ। तेस्रो स्थानको खेलमा पाहुना टोली श्रीलङ्का आर्मी टिमलाई एपीएफले सोझो ३–० सेटमा पराजित गरेको हो। पहिलो सेट २५–२३ ले, दोस्रो सेट २५–२१ ले र तेस्रो सेट २७–२५ ले जित्दै तेस्रो बनेसँगै एक लाख २५ हजार पाँच सय ५५ रुपैयाँ हात पारेको छ।

प्रतियोगितामा महिलातर्फ एपीएफ क्लबकी निरुता ठगुन्ना र पुरुषतर्फ टिपटप हेल्प नेपालका फकर उद्धिन घोषित भएका छन्। फकर उद्धिन पाकिस्तानी खेलाडी हुन्। उनीहरूले ट्रफीका साथमा जनही २५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गरेका छन्।

विद्यागत रूपमा उत्कृष्ट स्पाइकरमा एपीएफकी सरस्वती चौधरी, सर्भरमा एपीएफकी जस्मिता महतो, उत्कृष्ट सर्भरमा न्यु डायमन्डकी बालमिका आचार्य, उत्कृष्ट ब्लकरमा आर्मीकी सुनिता खड्का र उत्कृष्ट न्यु डायमन्डकी सलिना श्रेष्ठ भए भने उत्कृष्ट प्रशिक्षकमा एपीएफका महेश चौधरी घोषित भएका छन्। उनीहरूले जनही १५ हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्परका साथमा ट्रफी प्राप्त गरेका छन्।

पुरुषतर्फ उत्कृष्ट स्पाइकरमा टिप टप हेल्प नेपालका पाकिस्तानी खेलाडी मजहर अली, मोहम्मद काशिफ उत्कृष्ट सेटर घोषित भए। उत्कृष्ट सर्भरमा गण्डकीका हिमाल सुनारी घोषित हुँदा उत्कृष्ट ब्लकरमा गण्डकीकै भारतीय खेलाडी रामास्वामी आङ्गामुथु घोषित भए भने पुरुषतर्फ टिपटप हेल्प नेपालका प्रशिक्षक उत्सव खडका घोषित भएका छन्। उनीहरूले पनि जनही १५ हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्परका साथमा ट्रफी पाएका छन्।

गत माघ १ गतेबाट सञ्चालित चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रण क्लब स्तरीय प्रतियोगितामा महिला र पुरुष गरी १२ टिमको सहभागिता थियो। लिग कम नकआउटका आधारमा सञ्चालित प्रतियोगितामा महिलातर्फ एक भारतीय र पुरुषतर्फ श्रीलङ्काको आर्मी टिमले सहभागिता जनाएका थिए।

विजेता टिम तथा खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ, प्रदेश खेलकुदका सदस्य सचिव श्रीधर शर्मा, पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्य, नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्र बहादुर चन्द, केल्मी नेपालका उत्तम न्यौपानेलगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.