add

नेपालले नामिबियालाई ६ रनले हरायो






ActPro Nepal

|

२७ पुष, २०८०

|
229

काठमाडौँ । दक्षिण अफ्रिकामा रहेको नेपाली अण्डर नाइन्टिन क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा नामिबियालाई ६ रनले हराएको छ। 

नेपालको यो लगातार दोस्रो जित हो। जितका लागि १ सय ४२ रनको मध्यम लक्ष्य पछ्याएको नामिबिया २९ ओभर ५ बलमा १ सय ३५ रनमा अल आउट भयो। 

नामिबियाका कप्तान बसिंग–वोल्स्चेंकले सर्वाधिक ५० रन बनाए पनि टोलीलाई जिताउन सकेनन्। नेपालका गुलशन झा र आकाश चन्दले समान ३ विकेट लिए। दुर्गेश गुप्ताले २ विकेट लिए। 

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको थियो। वर्षाका कारण खेल ३० ओभरमा झारिएको थियो। नेपालका दीपक डुम्रेले सर्वाधिक ३२ रन बनाए।

नेपालले पहिलो अभ्यास खेलमा स्कटल्यान्डलाई १ सय ३५ रनले हराएको थियो। नेपालले भोलि स्कटल्यान्ड र मङ्लवार वेस्ट इन्डिजसँग अभ्यास खेल खेल्नेछ। 

माघ ५ गतेदेखि शुरु हुने १९ वर्षमुनिको विश्व कपमा नेपालले आफ्नो समूह ‘डी’ मा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तानसँग खेल्नेछ। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.