add

प्रहरीको ‘अपरेशन केक’ : केकमा गाँजा मिसाएर बेच्ने तीनजना पक्राउ






ActPro Nepal

|

२५ पुष, २०८०

|
125

काठमाडौं । अवैध लागुऔषध गाँजा मिसाइ केक तथा कुकिज कारोबार गरेको फेला परेपछि नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले ‘अपरेशन केक’ सुरु गरेको छ। उक्त अपरेशनअन्तर्गत प्रहरीले हालसम्म तीन जनालाई पक्राउ गरेको छ।

‘अपरेशन केक’ जारी रहने ब्यूरोका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए। उनका अनुसार यही पुस २२ गते काठमाडौंमा विशन मानन्धर पक्राउ परेका थिए। ब्यूरोले टोली परिचालन गरी मंगलबार थप दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा काठमाडौंको सोह्रखुट्टेका २६ वर्षीय मोहमद फाजिल र काठमाडौंको दक्षिणकाली नगरपालिका-३ का २७ वर्षीय शालोम सादा लेप्चा जैसी रहेका छन्।

दुवैजनाले ललितपुरको एकान्तकुनामा घर भाडामा लिई केक र कुकिजमा गाँजा मिसाएर कारोबार गर्ने गरेको पाइएको प्रहरी उपरीक्षक जोशीले बताए। प्रहरीले उनीहरुको कोठाबाट एक किलो एक सय ग्राम गाँजा, एक किलो पाँच सय ६८ किलो डाँठसहितको गाँजा, बिक्री गर्न राखेको एक किलो नौ सय ग्राम केक, एक थान माइक्रोओभन, नौ सय ग्राम बटर तथा एक किलो तीन सय ग्राम कुकिज बरामद गरेको छ।

फाजिल र जैसीले एक वर्षदेखि घर भाडामा लिई स्वीट बेकरी खोलेर गाँजा मिसाएर कुक र बेकरीको अनलाइन व्यापार गर्दै आएको अनुसन्धानका क्रममा खुलेको छ। रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.