add

प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै






ActPro Nepal

|

१० पुष, २०८०

|
150

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (मंगलबार) साँझ पाँच बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्री प्रचण्डले सरकारको एक वर्षे उपलब्धिसहित राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।

तेस्रोपटक प्रधानमन्त्री भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो कार्यकाल एक वर्ष पूरा गरेको यो पहिलोपटक हो। यसअघिका कार्यकालमा उनले नौ/नौ महिनामात्रै सरकारको नेतृत्व गरेका थिए।

प्रधानमन्त्री दाहालले एक वर्षको अवधिमा भ्रष्टाचार नियन्त्रण, सुशासन तथा सामाजिक न्यायको प्रत्याभूति र मुलुकको आर्थिक अवस्थालाई सुदृढ बनाउन सफल भएको दाबी गर्दै आएका छन् ।

दाहाल एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दलहरूको समर्थनमा २०७९ साल पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

तर, एमालेसँगको गठबन्धन दुई महिनामै भत्किएपछि दाहालले कांग्रेस, एकीकृत समाजवादी, जसपालगायत दलको समर्थनमा गठबन्धन सरकारको नेतृत्व गरिरहेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.