add

‘विकास साझेदार निकायसँग मिलेर भूकम्पपीडितलाई सहयोग गर्छौ’






ActPro Nepal

|

१० पुष, २०८०

|
167

जाजरकोट । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले विकास साझेदार निकायसँग मिलेर भूकम्पपीडितलाई थप सहयोग गर्न सरकारले पहल गरिरहेको बताएका छन् ।

भूकम्पपीडितको अवस्था बुझ्न सोमबार भेरी नगरपालिका–१ रावतगाउँ पुगेका मन्त्री आचार्यले वर्षा सुरु हुनुभन्दा पहिले नै पालमुनि रहेका भूकम्पपीडितलाई अस्थायी आवासमा सार्ने सरकारको योजना रहेको बताए ।

भूकम्प गएको ३६ घण्टाभित्रै प्रभावित क्षेत्रमा पुगेर खोज, उद्धार, उपचार, राहत वितरणजस्ता कार्यमा नेपाल सरकारलाई सहयोग गर्दै आएको सेभ द चिल्ड्रेन र सेभ द चिल्ड्रेनसँग साझेदार स्थानीय सङ्घसंस्थालगायत विभिन्न दातृ निकाय तथा दातालाई मन्त्री आचार्यले धन्यवाद दिए ।

मन्त्री आचार्यसँगै भूकम्पपीडितको अवस्थालाई बुझ्न रावतगाउँ पुगेका भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले राहत वितरण, अस्थायी आवास निर्माणसँगै पुनःनिर्माणलाई सँगसँगै बढाउनुपर्ने बताए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.