add

पाँच लाख घूससहित वडाध्यक्ष पक्राउ






ActPro Nepal

|

३ पुष, २०८०

|
196

बारा । जितपुर सिमरा नगरपालिका–३ का वडाअध्यक्ष तारा कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले पक्राउ गरेको छ । कार्की पाँच लाख घूससहित पक्राउ परेका हुन् ।

वडाअध्यक्ष कार्कीलाई जितपुरस्थित जैसवाल होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । सडक बनाउने क्रममा उनले स्थानीय राजन उप्रेतीसँग घूसबापत पाँच लाख नगद रकम लिएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रदीप क्षेत्रीले बताए । घटनाबारे अनुसन्धान भइरहेको अख्तियार स्रोतले जनाएको छ ।

पक्राउ परेका वडाअध्यक्ष नेकपा (एमाले) पार्टीबाट निर्वाचित भएका थिए । उनी एमाले मधेस प्रदेश कमिटीको सदस्य पदमा रहेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.