add

गठबन्धन हल्लिने स्थितिमा छैन : प्रधानमन्त्री प्रचण्ड






ActPro Nepal

|

१ पुष, २०८०

|
330

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको गठबन्धनको सरकार पूरा अवधि चल्ने दाबी गरेका छन् ।

राजधानीमा पार्टीले सुरु गरेको वैचारिक राजनीतिक प्रशिक्षणलाई शनिबार सम्बोधन गर्दै उनले, गठबन्धन टुटाउनका लागि सरकारलाई कम्जोर बनाउने कसरत भए पनि अबको चार वर्ष नै गठबन्धनको सरकार जाने दाबी गरेका हुन् । 

उनले भने, ‘यो गठबन्धन बनेदेखि नै तपाईँ हामीलाई थाहा छ, एकथरी मानिसहरु गठबन्धन टुटाउन, सरकारलाई कमजोर बनाउन कसरत भए तर यहाँ सम्म आउदा म के अनुभुत गर्छु भने गठबन्धन अझ सुदृढ भएको छ । कसैले हल्लाएर हल्लिने स्थितिमा गठबन्धन छैन । मलाई विश्वास छ पाँचै वर्ष यो गठबन्धन जान्छ । एक वर्ष भयो चारै वर्ष यो गठबन्धन जान्छ ।’

एकथरिले प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा मौका छोपेर सरकारलाई ढाल्न सकिन्छ भन्ने सपना देखिरहेको बेला भ्रमण सफल पारेर आफूले त्यो सपना सफल हुन नदिएको जिकिर उनले गरे ।

उनले भने,‘मैले केहि महत्वपूर्ण अन्तर्राष्ट्रिय भ्रमण गरेँ । भारतदेखि सुरु भएको इटाली हुँदै अमेरिका र चीनसम्मका भ्रमणबाट एकथरी मानिसहरुलाई लागेको थियो सायद माओवादी नेतृत्वमा, प्रचण्डको नेतृत्वमा हुने यी विदेश भ्रमण कहीँ न कहँ सरकार नराम्रोसँग चिप्लिन्छ र त्यही मौका छोपेर सरकारलाई ढाल्न सकिन्छ भन्ने सपना देखेका थिए । तर ती सपनाहरु चकनाचुर भए ।’

उनले आगामी जनवरी पहिलो तारिखमा नेपाल–भारत सम्बन्धको बारे नयाँ घोषणा गर्ने उद्घोष गरे । उक्त घोषणाले पञ्चेश्वरदेखि रेलवे र अन्य विषयमा नयाँ प्रक्रिया सुरु गर्ने विश्वास उनले व्यक्त गरे ।

अर्को वर्ष अझ जोड दिएर ठूला विकास परियोजना र भ्रष्टाचारका मुद्दाहरु अगाडि लैजाने ढंगले तयारी गरिएको उनले बताए । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.