मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कोही नभएका नागरिकको अभिभावकत्व प्रदेश सरकारले गर्ने बताएका छन् ।
शनिबार हेटौँडामा आयोजित मानव सेवा आश्रमको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा उनले असहाय बेवारिसे नागरिको अभिभावक प्रदेश सरकार बन्ने बताए ।
प्रदेश सरकारले मानव सेवामा समर्पित संस्थालाई सहयोग गर्दै मानवता र असहाय नागरिकको संरक्षणमा काम गरिरहेको उनले बताए । प्रदेश सरकार स्थापनादेखि हालसम्म मानव सेवा आश्रमको व्यवस्थापनका लागि रु चार करोडभन्दा बढी रकम सहयोगस्वरुप लगानी गरेको र आगामी दिनमा पनि यस्ता सामाजिक कामका लागि रकम विनियोजन गर्न सरकार तयार रहेको बताए । उनले चालु आर्थिक वर्षमा समेत प्रदेश सरकारले रु ४० लाख सवारी खरिदका लागि विनियोजन गरेको बताए ।
स्रोत साधनले भ्याएसम्म आगामी दिनमा पनि आश्रमका विभिन्न कार्यमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री जम्कट्टेलले नागरिकको सहायताका विभिन्न विषयमा प्रदेश सरकारले लगानी गरिरहेको बताए ।
सामाजिक विकासमन्त्री कुमारी मोक्तानले सडक मानवमुक्त प्रदेश निर्माणको अभियानमा प्रदेश सरकारले काम अघि बढाएको बताए । अभिभावक नभएका बालबालिका तथा असाहय नागरिक तथा वृद्धवृद्धाको साथमा प्रदेश सरकार विगतदेखि नै रहँदै आएको र आगामी दिनमा पनि विभिन्न माध्यममार्फत क्रियाशील रहने जानकारी दिए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।