काठमाडौं । युनिलिभर नेपालको ३०औं वार्षिक साधारण सभाबाट १५८० प्रतिशत लाभांश पारित भएको छ । कम्पनीको मंगलबार सम्पन्न साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको लाभाश पारित गरेको हो ।
युनिलिभरले लाभांश प्रतिफल र करपछिको नाफा १८३.४ करोड पुर्याएको छ, जुन गत वर्षको तुलनामा १९ प्रतिशतले बढी हो । साधारणसभामा युनिलिभर नेपालका अध्यक्ष देव बाजपेइले न्यून लगानी, जैविक विविधतामा देखिएको नकारात्मक असर, भू-राजनीतिक टकराव, सामाजिक ध्रुवीकरण र साइबर असुरक्षालाई बढी ध्यान दिएको बताए ।
युनिलिभर नेपाल व्यापक आपूर्ति सञ्जाल, चुस्त ग्राहक व्यवस्थापनसाथ अघि बढ्ने क्रममा आगामी आर्थिक वर्षमा र त्यसभन्दा पछिका लागि भौगोलिक, मानव पुँजी, प्रविधि, समावेशिता र स्थायित्वमा देखापरेका व्यवधान हटाउँदै अघि बढ्न दृढ रहेको उनले स्पष्ट पारे ।
कार्यक्रममा युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले करपश्चात् कम्पनीको खुद नाफा गत वर्षको १५४.२ करोडबाट बढेर १८३.४ करोड पुगेको जानकारी गराए । उनका अनुसार उक्त नाफा १० वर्षयताकै उच्च हो । युनिलिभर नेपालको ८५ प्रतिशत सेयर संस्थापक सेयरधनीको छ भने १५ प्रतिशत सर्वसाधारणको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।