काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर (शेखर–गगन) पक्षको बैठक आज बस्दैछ ।
यसअघि मंगलबार बस्ने भनिएको बैठक नेताहरूसँग परामर्शपछि आज बस्ने सहमति भएको हो ।
कांग्रेस नेता अर्जुन नरसिंह केसीले मंगलबारको बैठक बुधबारका लागि तय गरिएको बताए । बैठकमा महामन्त्री गगन थापा पनि सहभागी हुनेछन् । ‘पहिले समन्वय नभई बैठक बोलाइएको रहेछ । महामन्त्री पनि नहुने भएपछि राम्रो सन्देश जाँदैन भनेर मैले बैठक सार्न पहल गरें’, उनले भने, ‘ शेखरजी र गगनजी दुवै बसेर सहमति गर्नुभयो । अब हाम्रो समूहको बैठक बुधबार बस्छ ।’
आगामी महासमिति बैठकसहित विषयमा छलफल समूहको बैठक बस्न लागेको हो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।