add

आयात प्रतिस्थापन गर्न उत्पादनमा जोड दिनुपर्छ : मुख्यमन्त्री शर्मा






ActPro Nepal

|

२४ मंसिर, २०८०

|
157

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आयात प्रतिस्थापनका लागि उत्पादनमा जोड दिनुपर्ने बताएका छन्।

सुर्खेत उद्योग वाणिज्य सङ्घको शनिबार / आयोजित ४०औं वार्षिक साधारणसभामा मुख्यमन्त्री शर्माले उत्पादनमा वृद्धि नभएसम्म आयात प्रतिस्थापन नहुने जनाए । उनले भने, ‘उत्पादन वृद्धिका लागि उद्योग स्थापना र त्यसमार्फत रोजगारी सृजना नै हो । वन पैदावर र कृषिमा आधारित उद्यमशीलतामार्फत उत्पादन र रोजगारी सृजना गर्न सकिन्छ । कर्णालीमा वन पैदावर र कृषि नै उपयुुक्त छ ।’

मुख्यमन्त्री शर्माले निजी क्षेत्र, सहकारी र राज्य मिलेर विकास गर्न सकिने भएकाले तीनखम्बे अर्थनीतिलाई आत्मसात् गरिएको जनाए। एकल नभई सबै मिलेर विकास, समृद्धि र रोजगारी सृजना गर्न प्रदेश सरकार साथमै रहेको जनाउँदै कर्णाली प्रदेश पछिपरेको नभई पछाडि पारिएको जिकिर गरे ।

पटकपटक क्षतिपूर्तिसहितको बजेट र कार्यक्रम माग सङ्घीय सरकासँग गरेको उल्लेख गर्दै मुख्यमन्त्री शर्माले भने, ‘जनसङ्ख्याका आधारमा होइन, भूगोल, यहाँको वस्तुगत अवस्थाअनुसार नीति र बजेटसहित कर्णालीको विकास गरिनु पर्दछ । राजनीतिक आग्रह पूर्वाग्रहबाट माथि उठ्नुपर्छ ।’ यहाँको विकासका लागि कर्णाली प्रदेशका सबै दल, नागरिक समाज र उद्योग व्यवसायीहरुको साझा बुझाइ हुनुपर्नेमा उनको जोड थियो ।

कर्णालीको विकासलाई पर्यटनसँग जोड्न कर्णाली करिडोर, भेरी र राप्ती लोकमार्गको विकासमा जोड दिनुपर्ने बताएको उनले राजधानीसँग सिधै जोड्नेगरी यहाँ रहेका दश एयरपोर्टको स्तरवृद्धि र व्यवस्थापन ध्यान दिइएको जनाए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.