add

एनसेल खरिद-बिक्री प्रकरणमा सरकारले छानबिन गर्ने






ActPro Nepal

|

२० मंसिर, २०८०

|
230

काठमाडौँ । एनसेल खरिद बिक्री प्रकरणमा सरकारले छानबिन गर्ने भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री रेखा शर्माले विज्ञप्ति जारी गर्दै एनसेलका विषयमा छानबिन गर्ने जानकारी दिएकी छन्।

सरकारले एनसेलको शेयर खरिद(बिक्रीका सम्बन्धमा प्रचलित कानुनी प्रावधान तथा अन्तरराष्ट्रिय विधि र प्रक्रियाको पालना एवं यस्ता क्रियाकलापबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा सरकारको राजस्वलगायत विषयमा पर्ने प्रभावका बारेमा विस्तृत अध्ययन तथा छानबिन गर्ने मन्त्री शर्माले बताइन्।

 नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति नलिई र नियामकलाई जानकारीसमेत अस्वाभाविक प्रावधान र मूल्यमा भएको देखिने उक्त कारोबारका सम्बन्धमा अध्ययन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार नै सम्बन्धित निकायलाई निर्देशन दिइसकेको मन्त्री शर्माले उल्लेख गरेकी छिन्। 


सो विषयमा आज सत्तारुढ दलले छलफलसमेत गरिसकेको छ। छलफलले छानबिन गर्ने निष्कर्ष निकालेको छ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.