add

सङ्घीयतामार्फत मात्रै समृद्धि : सभापति देउवा






ActPro Nepal

|

२० मंसिर, २०८०

|
361

ओखलढुङ्गा ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीयतालाई संस्थागत गर्दै देशको विकासमा जुट्नुपर्ने बताएका छन्। 

ओखलढुङ्गामा कांग्रेसको नवनिर्मित पार्टी कार्यालय बीपी स्मृति भवन उद्घाटन तथा प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले सङ्घीयतामार्फत नै देशको समृद्धि सम्भव रहेको बताएका छन्।

मुलुकमा सङ्घीयता कार्यान्वयन भएपछि दूरदराजमा विकास पुगेको बताउँदै उनले गणतन्त्र र सङ्घीयताको अर्को विकल्प नभएकामा जोड दिए। 

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले युवालाई स्वरोजगार बनाउनु अहिलेको आवश्यकता रहेको बताए। 

देशमा बढ्दो बेरोजगारी समस्या समाधान गर्नुपर्ने भन्दै नेता कोइरालाले कृषि क्षेत्रको विकास गरेर रोजगारी सिर्जना गर्न सरकारले ठोस कार्यक्रम ल्याउनुपर्ने बताए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.