महोत्तरी । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले पार्टीका कार्यकर्ताको रुपान्तरणको सवाल मुलुकसँग गाँसिएको बताए ।
महोत्तरीको गौशालामा आज आयोजित पार्टीको तीनमहिने रुपान्तरण अभियानको मधेस प्रदेशस्तरीय समीक्षा बैठक र प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्रीले पार्टीका नेता कार्यकर्ता रुपान्तरित भएमात्र सङ्घीय लोकतान्त्रिक गणतन्त्र सबल हुने बताए ।
‘मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको बिगुल नेकपा माओवादीले फुकेको हो,’ प्रधानमन्त्री दाहालले नेता तथा कार्यकर्तालाई प्रेरित गर्दै भने, ‘यसको स्थायित्व र सवलीकरणको नेतृत्व पनि हामीले नै गर्नुपर्छ ।’
स्वार्थभन्दा माथि उठेर काम गर्न उनले निर्देशन दिए ।
उनले भने, ‘हामीमाथि मुलुकको बृहत् कार्यभार छ, हामीले आफ्नो चरित्र बिगार्नु हुँदैन, गलत बाटोमा लागेको भए तत्काल सच्चिनु पर्छ । त्यही सच्चिन, रुपान्तरित हुनु अभियानको अभिष्ट हो ।’
अभियानका क्रममा जनसरोकारका मुद्दा पार्टीका नेता कार्यकर्ताले उठाउन र उजागर गर्न उनले अपिल छ ।
अभियानमा जोडिएका सबै नेता कार्यकर्ताको मूल्यांकन पार्टी नेतृत्वले गरीरहेको उनले बताए ।
मधेस प्रदेश प्रमुख लिलामणि पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेशका सबै केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी तथा सदस्य, रुपान्तरण अभियानका जिल्ला संयोजक र सम्बद्ध सदस्यलगायत सहभागी थिए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।