add

आर्थिक तथा प्राविधिक सहायता आउनेमा ढुक्क छु : प्रधानमन्त्री प्रचण्ड






ActPro Nepal

|

१७ मंसिर, २०८०

|
229

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन (कोप–२८) मा नेपालको प्रस्तुतिले सकारात्मक तरंग ल्याएको बताएका छन्। 

आइतवार साँझ दुबईमा आयोजित सो सम्मेलनमा भाग लिएर स्वदेश फर्किएका उनले नेपालको तर्फबाट आफ्नो प्रस्तुतिले त्यहाँ तरंग ल्याएको दाबी गरेका हुन्। प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ सो सम्मेलनमा नेपाललाई सोचेभन्दा पनि बढी सन्तुष्टि मिलेको पनि बताए।

सम्मेलनभरि नेपाल, हिमाल र पहाडको विश्वमाझ धेरै चर्चा भएको प्रधानमन्त्री प्रचण्डको दाबी थियो। उनले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले नेपाललाई प्राथमिकतामा राखेकाले आगामी दिनमा अन्तरराष्ट्रिय समुदायबाट जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपाललाई आर्थिक तथा प्राविधिक सहायता आउनेमा आफू ढुक्क भएको पनि बताए।

‘कोप २८ पहिला पहिलाको भन्दा फरक, प्रभावकारी हुन्छ भन्ने सबै राष्ट्रहरुको सरकार प्रमुख, राष्ट्र प्रमुखहरुको धारणा थियो। नेपालको अहिलेसम्म नेपालको छुट्टै पेभिलिएन थिएन यसअघि। पहिलो पटक त्यहाँ पेभिलिएन प्राप्त भएर त्यहाँ हाम्रा युवाहरु, पत्रकारहरु, विज्ञहरु केन्द्रित भएर लगातार हस्तक्षेप हुने गरी कार्यक्रम भयो। यो हाम्रा लागि खुशीको कुरा भयो। दोस्रो, संयुक्त राष्ट्र संघका महासभामा गएर जोड दिएर अन्तरराष्ट्रिय समुदायलाई अपिल गर्ने काम गरियो‚’ उनले भने, ‘महासचिवलाई नेपाल भ्रमणको निम्तो दिइयो। उनले नेपालमा सगरमाथा पुग्ने, अन्नपूर्ण हिमाल पुग्नु, सबैसँग अन्तरक्रिया गर्नु यो सम्मेलनमा नेपालका लागि ठूलो अवसर भयो। म भन्न चाहन्छु– यसको प्रभाव विश्वव्यापी भयो। त्यसले एउटा सकारात्मक तरंग ल्यायो। जे सोचेर जस्तो होस् भनेको थिएँ, त्यस्तै भयो। कतिपय कुरा त त्यो भन्दा पनि राम्रो भयो भन्ने लागेको छ। किनभने अब त्यहाँ अरु सबैसँग कुरा हुँदा पनि हिमाल, पहाड र नेपाल विश्वभरि चर्चामा छ अहिले। महासचिवले हामीलाई प्राथमिकतामा राखिदिएको हुनाले आर्थिक र प्राविधिक सहायता आउने कुरामा पनि ढुक्क हुने स्थिति बनेको छ।’

प्रधानमन्त्री दाहालले कोप सम्मेलनभरि नै नेपालको चर्चा विश्वमाझ गराउन पनि आफूहरु सफल भएको बताए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.