add

८ लाख भारतीय रूपैयाँसहित दुई भारतीय नागरिक पक्राउ






ActPro Nepal

|

१७ मंसिर, २०८०

|
189

काठमाडौँ । अवैध रूपमा बाह्य मुलुकतर्फ लैजाने लागेको विभिन्न दरका गरी जम्मा ८ लाख भारतीय रूपैयाँसहित २ जना भारतीय नागरिक ३५ वर्षीय धर्मेद्र नागर र ४२ वर्षीय पंकज गुप्तालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट बिसतारा एयरको उडानद्वारा दिल्ली जान लागेका उनीहरूलाई अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्याण्ड व्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा धर्मेद्र नागरलाई ५ सय दरका ७ सय ५७ थान, दुई सय दरका २ सय ३० थाम र १ सय दरका ६ सय ७० थान गरी ४ लाख ९१ हजार ५ सय भारतीय रुपैयाँ र पंकज गुप्तालाई ५ सय दरका ६ सय १७ थान गरी ३ लाख ८ हजार ५ सय भारतीय रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्‍यक अनुसन्धानको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.