add

आयल निगमले माग्यो विभिन्न पदमा कर्मचारी






ActPro Nepal

|

१५ मंसिर, २०८०

|
263

काठमाडौ ।  नेपाल आयल निगमले लोक सेवा आयोगबाट लिइने खुला तथा आन्तरिक प्रतियोगितात्मक लिखित परिक्षामार्फत् कर्मचारी माग गरेको छ ।

निगमले खुल्ला तर्फबाट आँठौ तहदेखि चौँथो तहसम्म कर्मचारी माग गरेको हो । यस्तै आयोगले आन्तरिक तर्फबाट दश तहदेखि पाँचौ तहसम्म कर्मचारी माग गरेको छ ।

निगमको परिक्षामा खुल्ला तर्फबाट आवेदन दिने ४ र ५ तहको हकमा १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको एवं तह ६, ७ र ८ को हकमा २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । तर महिला एवं अपाङ्ग उम्मेदवारको हकमा भने दरखास्त दिने अन्तिम मितिसम्म उमेरको माथिल्लो हद ४० वर्ष ननाघेको हुनुपर्नेछ। तर निगमको सेवाको पदमा स्थायी बहालवाला कर्मचारीलाई उमेरको हद लाग्नेछैन ।

दरखास्त दिने उम्मेदवारका लागि ८, ७ र ६ तहका लागि परीक्षा दस्तुर १ हजार रुपैयाँ लाग्ने छ । यस्तै तह ५ का लागि ४०० रुपैयाँ र तह ४ का लागि ३०० रुपैयाँ र तहविहीनका लागि २०० रुपैयाँ लाग्ने छ । एउटै पदका लागि १ भन्दा बढी समावेशीमा दरखास्त दिने भएमा प्रति समावेशी तह ६ का लागि ४०० रुपैयाँ, तह ५ का लागि २०० रुपैयाँ, तह ४ का लागि १५० रुपैयाँ र तहविहीनका लागि १०० रुपैयाँ थप परीक्षा दस्तुर रकम बुझाउनुपर्नेछ ।

दोब्बर दस्तुरको म्यादलाई उमेर, शैक्षिक योग्यता, अनुभव अवधि र अन्य योग्यताको प्रयोजनका लागि गणना गरिनेछैन । दरखास्त साथ आवश्यक न्यूनतम शैक्षिक योग्यता सम्मका प्रमाणित प्रमाणपत्रहरू पेस गर्नुपर्नेछ । इच्छुकले आज मंसिर १५ गतेदेखि २१ दिनभित्र र दोब्बर दस्तुर तिरी म्याद सकिएको ७ दिन भित्र दरखास्त फाराम पेश गर्नसक्ने जनाएको छ ।

खुला तर्फ आवेदन दिने योग्य नेपाली नागरिकहरूले https://erecruitment.nepaloil.org.np/users/login  मा गएर अनलाइन फारम भर्न सक्ने जनाएको छ ।

यस्तै आन्तरिक तर्फ आवेदन दिनेले https://hr.nepaloil.org.np/selfservice/vacancies मा गएर अनलाइन फारम भर्न सक्ने निगमले जनाएको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.