add

२१ दिनअघि बेपत्ता युवतीको शव भेटियो






ActPro Nepal

|

११ मंसिर, २०८०

|
191

म्याग्दी  । बेनीबाट २१ दिनअघि हराएकी एक युवतीको शव पर्वतको मल्लाजस्थित भीरमा भेटिएको छ।

गत कात्तिक २१ गतेदेखि बेनीबाट हराएकी म‌गला गाउँपालिका–३ बरंजाकी ३० वर्षीया पुष्पा सापकोटाको शव आइतबार पर्वतको जलजला गाउँपालिका–३ मा पर्ने ठूलो सल्लेरी र भीरमुनि सामुदायिक वन क्षेत्रमा भेटिएको हो । 

म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरका अनुसार आज बिहान भेटिएको शव पुष्पाको भएको पुष्टि भएको र परीक्षणका लागि बेनी अस्पतालमा ल्याइएको छ । शव सडेको अवस्थामा भेटिएको थियो । बेनीको कालीपुल पारी रहेको जंगल पर्वतमा पर्छ।

घटनाको बारेमा पर्वत प्रहरीले अनुसन्धान थालेको छ। बेनीको अस्पताल चोकमा रहेको पाण्डे मेडिकल हलमा कार्यरत सापकोटा कात्तिक २१ गते बिहान पौने ११ बजे त्यहाँबाट निस्किएकी थिइन्। 

घटना शंकास्पद रहेको भन्दै जिल्ला प्रहरी कार्यालय पर्वतबाट टोली खटिएर अनुसन्धान भइरहेको छ। पोष्टमार्टम गरेपछि शव परिवारको जिम्मा लगाउने प्रहरीको तयारी छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.