add

चलचित्र ‘यो मन त मेरो नेपाली हो’ बन्ने






ActPro Nepal

|

७ मंसिर, २०८०

|
223

काठमाडौं । पाली कथानक चलचित्र ‘यो मन त मेरो नेपाली हो’ निर्माण हुने भएको छ। पद्‍मा ईश्वर ईन्टरटेनमेन्ट प्रालि र मित्र प्रधान (नर)को प्रस्तुतिमा निर्माण हुन् लागेको चलचित्र 'यो मन त मेरो नेपाली हो' ले विदेशमा रहेका नेपालीको मुद्दा उठान गर्दैछ।

अमेरिकामा रहेका नेपाली भुटानी साहित्यकार मित्र प्रधानले निर्देशन गर्ने यस चलचित्रले नेपाली भाषा, साहित्य, कला, यसको इतिहास, महत्व र नेपाली भाषाको गौरवसँगै नेपाली को हुन् भन्ने विषयवस्तुलाई उठान गर्ने बताइएको छ। 

शिवम् अधिकारीको लेखनमा निर्माण हुन लागेको चलचित्रले विश्वका विभिन्न देशहरूमा बसोबास गर्दै आएका नेपालीहरूले आफ्नो कला, संस्कार, संस्कृति विर्सँदै गएको हुँदा चलचित्रका माध्यमबाट नेपाली भाषाप्रतिको आकर्षण, महत्व र इतिहास दर्साउन खोजिएको छ।

चलचित्रमा अमेरिका, म्यानमार, भुटान र भारत गरी चार देशका चार जना नेपाली भाषी अभियन्ताहरू नेपाल आएर, नेपाली भाषाको अध्ययन अनुसन्धान गरी नेपाली भाषाको महत्व, नेपाली विरता र गोर्खालीहरू को हुन् ? नेपालीहरू कसरी भुटान, म्यानमार, भारतसम्म पुगे र त्यहाँका नेपालीहरूको अवस्था कस्तो छ भनेर बोल्ने बताइएको छ। फिल्म विशुद्ध राष्ट्र, राष्ट्रियता र नेपाली भाषाप्रति प्रेरित गर्ने खालको रहेको लेखक शिवम् अधिकारीले बताए।

‘यो मन त मेरो नेपाली हो’को छायांकन मंसिर ६ गतेबाट सुरु हुँदैछ। यस फिल्मको पहिलो छायाङ्कन पाँचथरबाट सुरु गरी झापा हुँदै, सिक्किम, म्यानमार, देहरादून, क्यानडा, अमेरिकालगाएतमा हुनेछ। यस फिल्ममा अध्ययन, अनुसन्धान बढी गर्नुपर्ने भएको हुँदा निर्माणमा बढी समय लाग्न सक्ने निर्माण कम्पनीको अनुमान छ। फिल्मको करिब ६० प्रतिशत छायांकनका लागि बुधबारदेखि टिम मुभ हुँदैछ।

यस फिल्मको मुख्य पात्रहरू रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल, आयुषा समाल, सञ्जित भण्डारी, मेग सुवेदी, सुशान्त श्रेष्ठ, ध्रुब दत्त आदिको अभिनय रहने छ।

मित्र प्रधान (नर)को कथा तथा निर्देशन रहेको चलचित्रमा दीपक शर्माको संगीत ,सौरब लामाको छायांकन ,श्री श्रेष्ठको द्वन्द्व ,कविराज गहतराजको कोरियोग्राफी रहने छ।

फिल्ममा मुख्य सहायक निर्देशन रामबाबु खड्का ,कला निर्देशन रोशन रम्तेल  ‘दिवाना’ र निर्माण नियन्त्रक सुमन काफ्ले रहेका छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.