add

काठमाडौंमा आज दुई पक्षको प्रर्दशन : सुरक्षा व्यवस्था कडा






ActPro Nepal

|

७ मंसिर, २०८०

|
513

काठमाडौं ।  नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले आज काठमाडौंमा छुट्टाछुट्टै कार्यक्रम गर्ने भएपछि सुरक्षा सतर्कता बढाइएको छ ।

एक अर्का विरोधी मानिएका यी दुबै समूहको प्रदर्शनले तनाव बढाउने सम्भावना सुरक्षा निकायले आकलन गरेर राजधानीको सुरक्षा मजबुत बनाएको हो ।

दुबै समूहलाई एक ठाउँमा जम्मा हुन नदिन अलग–अलग ठाउँ तोकिएको छ ।

बिहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले नाकाहरूमा कुकुरसहित सुरक्षा जाँचमा कडाइ गरेको छ ।

ठूलो संख्यामा प्रहरी सडकमा उतारिएको छ । पहिलो घेरामा नेपाल प्रहरी र दोस्रो सुरक्षा घेरामा सशस्त्र प्रहरी तैनाथ छ । ‘ब्याकअप’मा नेपाली सेना रहेको छ ।

प्रदर्शनकारी बसेका स्थानमा पनि सादा पोशाकसहित सुरक्षाकर्मी खटाइएको छ । 

एकअर्का विरुद्ध आक्रामक देखिएको प्रसाईं र युवा संघबीच प्रदर्शन अघि नै तनावका केही घटना भइसकेको छ । प्रसाईं समूहको प्रदर्शनमा आएका महिलालाई सुतेको पार्टी प्यालेसबाट युवा संघले राति नै निकालेको भनेर विरोध भइरहेको छ । त्यस घटनापछि दुर्गा प्रसाईंले पनि आक्रोसित भएर कडा अभिव्यक्ति दिइका छन् । 

‘प्रदर्शन अघि नै मुठभेडमा जान खोजेको जस्तो देखियो,’ एक सुरक्षा अधिकारीले भने, ‘यसले तनावको सम्भावनालाई झन बढाएको छ । तनाव हुन नदिने गरि हाम्रा तयारी छ । सुरक्षा निकायले प्रदर्शन हुने ठाउँको ड्रोन क्यामेराबाट निगरानी गर्ने व्यवस्था मिलाएको छ । उच्छृंखल कृयाकलाप भएमा हरेक घटना क्यामेरामा कैद हुने गरि व्यवास्था मिलाएको एक अधिकारीले जानकारी दिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.