add

श्रीमती र छोराको हत्या गरी आत्महत्या!






ActPro Nepal

|

७ मंसिर, २०८०

|
374

धनकुटा । धनकुटा नगरपालिका–१ निगालेमा एक पुरुषले श्रीमती र छोराको हत्या गरी आत्महत्या गरेका छन्।

३५ वर्षीय टिकाराम गुरुङले बुधबार राति श्रीमती ३६ वर्षीया भीमा र छोरा १० वर्षीय आयुष गुरुङको हत्या गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। टिकारामले श्रीमती र छोराको हत्या गरी झुण्डिएको प्रहरीले जनाएको छ। 

उनले अत्यधिक मादक पदार्थ सेवन गर्ने गरेको छिमेकीले जानकारी दिएको धनकुटा प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले बताए। उनका अनुसार गुरुङ काम्ने समस्याको उपचार गराइरहेका थिए।

गुरुङले बुधबार राति पौने १ बजे तिर छोरी ६ वर्षिया आसिकीलाई छिमेकीको जिम्मा लगाएको प्रहरीले जनाएको छ। यसअघि बुबाले आमा र दाजुलाई घाँटीमा समातेर कुटेको देखेको आसिकीले बताएको एसपी कोइरालाले जानकारी दिए।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.