add

‘टाइगर ३’ को कारण चर्चामा कट्रिना कैफ






ActPro Nepal

|

३ मंसिर, २०८०

|
340

काठमाडौं ।  अभिनेत्री कट्रिना कैफ पछिल्लो समय फिल्म ‘टाइगर ३’ को कारण चर्चामा छिन् । केही दिनअगाडि रिलिज भएको फिल्मले बक्स अफिसमा राम्रो व्यवसाय गरिरहेको छ ।

‘टाइगर ३’ को अलावा उनको फिल्म ‘मेरी क्रिसमस’ पनि चर्चामा छ । यो फिल्ममा उनी विजय सेतुपतिको जोडीको रूपमा देखिँदै छिन् ।

फिल्मको अहिले रिलिज मिति परिवर्तन भएको खबर बाहिरिएको छ । फिल्मको रिलिज डेट १५ डिसेम्बरबाट सरेर नयाँ वर्षमा पुगेको छ। 

फिल्म अव १२ जनवरी २०२४ मा प्रदर्शन हुनेछ । फिल्मको रिलिज मिति परिवर्तन भएको यो दोस्रो पटक हो । यस अगाडि फिल्म १५ डिसेम्बरबाट सरेर ८ मा पुगेको थियो । कट्रिनाको अभिनय रहेको फिल्म ‘योद्धा’ १५ डिसेम्बरमा आउन लागेको कारण यो फिल्म ८ डिसेम्बरमा सारिएको थियो । 

अहिले निर्माण युनिटले यो मितिबाट पनि सारेर नयाँ वर्ष पुर्‍याएको छ । ‘मेरी क्रिसमस’मा कट्रीना र विजय पहिलोपटक एकसाथ देखिन लागेका हुन् । विजय यसअगाडि शाहरुखको फिल्म ‘जवान’ भिलेनको रूपमा समेत देखिएका थिए । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.