काठमाडौँ । काठमाडौँ महानगरपालिका-१४ बल्खुस्थित सुकुम्वासी बस्तीको टहरामा बस्दै आएका मोरङ पथरी शनिश्चरे नगरपालिका-१ का स्थायी बासिन्दा ४५ वर्षीय गोकुल खड्कालाई प्रहरीले आज मृत अवस्थामा फेला परेको छ।
यसैगरी, अर्घाखाँचीको मालारानी गाउँपालिका–३ ढाडमसिना सामुदायिक वनको भीरमा सोही गाउँपालिका–३ खनार बस्ने ७० वर्षीय छविलाल खत्रीको आजै शव भेटिएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सिन्धुलीको दुधौली नगरपालिका–५ सिर्थौली बस्ने ६० वर्षीय सर्लु कुमारको कमला खोलामा डुबेर आज मृत्यु भएको छ । नुहाउने क्रममा उनी डुबेका हुन् । तीनवटै घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।