जाजरकोट । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अप्ठ्यारो समयमा कांग्रेसले निकास दिँदै आएको बताए । यसका लागि इतिहास साँची रहेको उनको भनाइ थियो ।
नेपाली कांग्रेस जाजरकोटको जिल्ला सम्मेलनको उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले देश आर्थिकरूपमा समस्यामा रहेको बताए ।
विश्वको अन्य मुलुकमा द्वन्द्व हुँदा त्यसको असर नेपालको अर्थतन्त्रमा पर्ने गरेको उनको भनाइ छ । धर्म, जातजाति तथा विभिन्न बहानामा संविधानमाथि हमला हुन थालेको उल्लेख गर्दै उपप्रधानमन्त्री खड्काले यसको प्रतिवाद गर्नुपर्ने बताए ।
ऋण लिएर विकास निर्माणका काम गर्नुपरेको उल्लेख गर्दै उपप्रधानमन्त्री खड्काले सबै पक्ष सकारात्मक रुपमा लाग्नुपर्नेमा जोड दिए ।
नेतृत्व ठिक भए मात्र कांग्रेस बन्ने भन्दै उनले यसका लागि नेता तथा जनप्रतिनिधि सच्चिनुपर्ने बताए । समयअनुसार पार्टी रुपान्तरण भएर अगाडि बढ्नुपर्ने उपप्रधानमन्त्री खड्काको भनाइ छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।