add

प्रतिनिधिसभाको बैठक बस्दै






ActPro Nepal

|

२६ असोज, २०८०

|
287

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । आजको बैठकमा मौखिक तथा लिखित प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीले टेबुल गर्ने कार्यसूची रहेको छ ।

संसद् सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् विधेयक, २०८० दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने सम्भावित कार्यसूची पनि छ ।

बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकमा १० वा त्योभन्दा बढी बैठकमा अनुपस्थित संसद् सदस्यको सूचना पेश गर्ने कार्यसूची छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.