तेल अविव । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन अधिकारीहरूसहितको एक टोलीसँगै बिहीबार इजरायल पुगेका छन् । उनको यो भ्रमण गत शनिबार हमासले आक्रमण गरेपछि इजराइल र हमासबीचको जारी द्वन्द्वका बीच भएको हो ।
विदेशमन्त्री ब्लिङ्केनसँगै उनका सल्लाहकार डेरेक चोलेट, डेपुटी चिफ अफ स्टाप टम सुलिभान, विदेश मन्त्रालयका प्रवक्ता माथ्यु मिलर, निकट पूर्वीमामिला सहायकमन्त्री बार्बरा लिफ, प्यालेस्टिन मामिलाका विशेष प्रतिनिधि ह्याडी आमर र बन्धक मामिलका लागि राष्ट्रपतिका उपविशेष दूत स्टिभ गिलन इजरायल पुगेका छन् ।
आफ्नो भ्रमणका क्रममा विदेशमन्त्री ब्लिङ्केनले इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहु, ब्रिगेडियर जनरल गल हिर्स्च र अन्य इजराइली अधिकारीहरूसँग बैठक गर्ने कार्यक्रम छ ।
इजराइलको भ्रमण सकिएपछि उनले जोर्डनका राजा अब्दुल्लाह र प्यालेस्टिनी राष्ट्रपति मोहमुद अब्बाससँग अम्मानमा भेट गर्नेछन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।