add

अर्थतन्त्र समस्याग्रस्त छ, गुणात्मक सुधारका लागि गम्भिर समिक्षा गर्नुपर्छःप्रधानमन्त्री






ActPro Nepal

|

२५ असोज, २०८०

|
353

काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले गुणात्मक सुधारका लागि सरकार निजि क्षेत्रसँग सहकार्य गर्ने तयार रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित सुधारका लागि सहकार्य विषयक “राष्ट्रिय आर्थिक बहस“ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘देशमा एक गुणात्मक सुधारका लागि निजि क्षेत्रसँग सहकार्य गर्नु पर्छ । हामीले निजि क्षेत्र, सरकार निकाय तथा विज्ञहरुसँग पृथक छलफल गर्छौ’ प्रचण्डले भने, ‘निजि क्षेत्रले अर्थतन्त्र सुधारको लागि महासंघले उच्चस्तरीय संयन्त्रको प्रस्ताव गरेकोमा म सकरात्मक छु’  ।

सुधारका गतिविधि हुँदा समेत अर्थतन्त्र समस्याग्रस्त रहेको उनको भनाइ रहेको छ । उनले भने, ‘सुधारका कोशिश हुँदा समेत अर्थतन्त्र समस्याग्रस्त रहेको छ । केहि सुधारका कुरामा गम्भिर रुपमा समिक्षा गर्नु पर्ने देखिएको छ ।’

अब २०८०।८१ नीति तथा कार्यक्रम अरु वर्ष भन्दा पृथक रुपमा आउने प्रधानमन्त्री प्रचण्डको भनाइ रहेको थियो । उनले भने, ‘अब आगामि वर्ष ऐन नीति तथा पोलिसी, नीति कार्यक्रम बनाउने विधिमा समेत समिक्षा गर्नु पर्ने छ । अर्का वर्ष नीति तथा कार्यक्रम, बजेट तथा अर्थतन्त्रमा आएको समस्यालाई एक पृृथक प्रयास गर्नुछौं’ ।

अर्थतन्त्रको मुख्य चाबी नै निजि क्षेत्रसँग भएको हुँदा सरकार सहकार्य गर्ने सधै तयार रहेको बताए । अब समस्याको हल परम्परागत तरिकाले नहुने उनको तर्क थियो । तत्काल पनि मौद्रिक नीति र वित्तीय नीतिमा समेत धेरै सुधारका कोशिश गर्दै आएको बताउदै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र कुन बाटोमा लैजाने भन्ने निजि क्षेत्रको भुमिका हुने बताए ।

निजि क्षेत्र नाफाका लागि सरकारले प्रोत्साहन गर्ने बताए । ‘निजि क्षेत्रलाई सरकारले प्रोत्साहन गरेन भने देश अगाडि बढ्न सक्दैन उनले भने, ‘अबको थिचिएको अर्थतन्त्र निजि क्षेत्रबाट नै अगाडि बढ्नेछ । सरकारका तर्फबाट कित्ताकाँट, समाजिक सुरक्षा कोषमा आवद्ध केहि सुधारका माग भएका छन् ।’



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.