add

हरेक वर्ष ५ हजारलाई रोजगारी दिने मेयर बालेनको घोषणा






ActPro Nepal

|

२२ असोज, २०८०

|
275

काठमाडौं ।  काठमाडौं महानगरपालिका नगर प्रमुख बालेन्द्र साह (बालेन) ले हरेक वर्ष ५ हजारलाई नयाँ रोजगारी दिने घोषणा गरेका छन्। 

आइतबार भिडियो सन्देश जारी जर्दै  मेयर बालेनले तीन बर्षभित्र कम्तीमा १५ हजारलाई सीपमुलक तालिम समेत दिने घोषणा गरेको हुन्।

बालेनले श्रम बैंक मार्फत रोजगार दिने योजना सार्बजनिक गर्दै महानगरमा रहेका दक्ष, अर्धदक्ष तथा अदक्ष कामदारहरु र रोजगार दाताहरूलाइ एउटै प्लेटफर्ममा ल्याएर श्रम बैंकको स्थापना गर्दै रोजगारीको अवसर सिर्जना गर्ने योजना ल्याएका हुन्।

महानगरका स्थायी बासिन्दा, महानगर का करदाताहरु तथा महानगरभित्र भाडामा बस्ने सबै नेपाली नागरिकहरु महानगरको यस श्रम बैंकमा आबद्ध हुन सक्ने बताइएको छ।

मेयर बालेनले आइतबार भिडियो सन्देश जारी गर्दै श्रम बैंकमा आवद्ध भएका जनशक्तिलाई ३ क्षेत्रमा विभाजन गरेर परिचालन गर्ने उल्लेख गरेका छन्। 

महानगरको ‘जब पोर्टल’ मार्फत अन्य सरकारी निकाय, गैरसरकारी संघ संस्था, प्राइभेट कम्पनी, संघ संस्था, अन्तर्राष्ट्रिय संघ संस्थाहरु परिचालन गर्ने उनले बताएका छन्।

श्रम बैंकमा सूचीकृत भएका सबै किसिमका कामदारहरुलाई काम गर्दाका महानगरले अनिवार्य बीमा गरिदिने र महानगरको गौरवको योजना मार्फत विभिन्न १५ स्थानहरुमा महानगरको आफ्नै ट्रेनिङ सेन्टर स्थापना गर्ने योजना समेत बालेनले सार्बजनिक गरेका छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.