add

अध्यक्ष ओलीद्वारा एमाले प्रदेश कमिटीको अधिवेशन उद्घाटन






ActPro Nepal

|

१९ असोज, २०८०

|
230

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशनको आज उद्घाटन गरेका छन । राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले अधिवेशनको उद्घाटन गर्दै सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गरे ।

‘कतिपय विपक्षीहरूले अधिवेशनको सन्दर्भमा टिकाटिप्पणी गर्ने गरेको एमालेमा भिडन्त भयो भनेर हौवा फैलाएका छन्,’ अध्यक्ष ओलीले भने, ‘हारजित हुँदा मन दुख्न सक्छ, सहमति गर्नुस् । सहमति नभएमा लोकतान्त्रिक अभ्यास त छँदैछ ।’

कार्यक्रममा एमालेका महसाचिव शंकर पोखरेलले मुलुकमा आफ्नो पार्टीले एकल बहुमत प्राप्त गरेमा मात्रै समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा हुने बताए ।

एमालेका अधिकांश भौगोलिक प्रदेश कमिटीका अधिवेशन सकिन लाग्दा पूर्वनिर्धारित तालिका अनुसार गैह्रभौगोलिक र बुद्धीजीवी-कर्मचारी क्षेत्रका सदस्य आबद्ध यस प्रदेश कमिटीको अधिवेशन भएको हो । उद्घाटनअघि शान्तिबाटिका (रत्नपार्क) बाट प्रदर्शनीमार्गसम्म पदयात्राको आयोजना गरिएको थियो ।

तीन सय चार प्रतिनिधि रहने अधिवेशनले ७५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । यस प्रदेश कमिटी मातहत बुद्धिजीवि विशेष, मजदुर, विद्यार्थी र उद्योग व्यावसय गरी चार जिल्ला कमिटी र ५८ इलाका कमिटी रहेको कमिटीका अध्यक्ष प्रेमकुमार पराजुलीले जनाए ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.