add

ठेक्का लिएर काम नगर्ने डेढ दर्जन निर्माण कम्पनी कालोसूचीमा






ActPro Nepal

|

१६ असोज, २०८०

|
702

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले डेढ दर्जन निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

निर्माणको जिम्मा लिएर समयमै काम नगर्ने निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । विभिन्न नगरपालिका तथा कार्यालयहरूबाट लेखी पठाएको आधारमा ती कम्पनीहरूलाई कालोसूचीमा राखिएको हो ।

कार्यालयले ती निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम १ वर्षदेखि डेढ वर्षका लागि कालोसूचीमा राखेको हो ।

कार्यालयका अनुसार एम/एस सकिल हैदर इन्जिनियर्स एण्ड कन्सट्रक्सन, एमरएस शंकरमाली निर्माण सेवा, एम/एस सुनौला खिम्ती कन्सट्रक्सन, एम/एस सिपल हैदरावाद, साफबोन वाटर सर्भिस साङघाइ, आईएसजी इन्फरमेसन सर्भिस ग्रुप र आर्भण अन्सट्रक्सन ३ वर्षका लागि कालोसूचीमा परेका छन् । 

त्यस्तै, शिवालय बिल्डर्स मकवानपुर, स्काई बिल्डर्स प्रालि, वाइवा एण्ड लामा कन्सट्रक्सन र जानकी निर्माण सेवा जनकपुर दुई वर्षका लागि कालोसूचीमा परेका छन् ।

त्यसैगरी, नागार्जुन कन्सट्रक्सन, शंकरमाली निर्माण सेवा, रुपन्देही बिल्डर्स एण्ड कन्सट्रक्सन, तीइभू निर्माण सेवा रोल्पा, कश्यप निर्माण सेवा, भिजनरी प्रालि ग्वार्को, सैपाल अटोमोबाइल्स डडेलधुरा, ग्रिन वल्र्ड कन्स्ट्रक्सन र जयस कन्स्ट्रक्सन १ वर्षका लागि कालोसूचीम परेका छन् ।

कालोसूचीमा परेका कम्पनीले अब तोकिएको अवधिमासम्म सरकारी निकायको कुनै पनि खरिद तथा निर्माणका कार्यमा भाग लिन पाउने छैनन् । कालोसूचीमा राख्नुभन्दा अगाडि सम्झौता भएका कार्य भने निरन्तर हुने कार्यालयले जनाएको छ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.