add

पर्यटक आवगमन उत्साहजनक, एक महिनामै आए ९१ हजार विदेशी






ActPro Nepal

|

१४ असोज, २०८०

|
448

काठमाडौं । पर्यटकीय सिजन सुरु भएसँगै विदेशी पर्यटकको आवगमन उत्साहजनक देखिएको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ को सेप्टेम्बर महिनामा मात्रै ९१ हजार १२ जना विदेशी नेपाल घुम्न आएका हुन् ।

यो संख्या कोभिड अघि ( सन् २०१९)कै हाराहारीमा हो । सो वर्ष सेप्टेम्बर महिनामा ९२ हजार ६०४ जना पर्यटक नेपाल आएका थिए ।

बोर्डका अनुसार सेम्टेम्बरमा सबैभन्दा धेरै भारतीय पर्यटक नेपाल आएका छन् । यो महिना २८ हजार ६९४ जना भारतीय नेपाल आएको बोर्डको तथ्यांक छ ।

त्यसैगरी, दोस्रोमा चिनियाँ पर्यटक ८ हजार १७४ जना नेपाल घुम्न आएका छन् । बोर्डका अनुसार सेम्टेम्बरमा अमेरिकाबाट ७ हजार ३६४ जना, बंगलादेशबाट ३ हजार ७१६, बेलायतबाट ३ हजार ६४०, श्रीलंकाबाट ३ हजार ११ जना, जर्मनीबाट २ हजार ८५२, दक्षिण कोरियाबाट २ हजार १८ र इजरायलबाट १ हजार ७३४ जना पर्यटक नेपाल आएका छन् ।

सन् २०२३ को ९ महिनामा झण्डै ७ लाख पर्यटक नेपाल आएका छन् । बोर्डका अनुसार यो वर्ष सेम्टेम्बरसम्म ६ लाख ९२ हजार ३७२ जना पर्यटक नेपाल आएका हुन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.