add

अब विदेशबाट फर्किनेले जत्रो टीभी ल्याए पनि भन्सार नलाग्ने






ActPro Nepal

|

९ असोज, २०८०

|
2070

काठमाडौं । अब वैदेशिक रोजगारीबाट फर्केका नेपालीले जत्रोसुकै टेलिभिजन ल्याए पनि भन्सार शुल्क नलाग्ने भएको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । कार्यालयका अनुसार श्रम स्वीकृति लिई लगातार १ वर्ष विदेशमा काम गरेको र सामाजिक सुरक्षा कोषमा सूचीकृत यात्रुले जुनसुकै आकारको टीभी ल्याउँदा भन्सार तिर्नुपर्दैन छ ।

तर, लगातार १२ महिना काम गरी फर्केको भए पनि सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका व्यक्तिले भने ३२ इन्चसम्मको टीभी मात्र ल्याउन पाउने छन् । सोभन्दा बढी इन्चको टीभी ल्याएमा भन्सार शुल्क तिर्नुपर्नेछ ।

त्यस्तै, अन्य अवस्थामा भने सबै टेलिभिजनमा नियमानुसारको महसुल भन्सारमा तिर्नु पर्ने व्यवस्था गरेको छ । हाल विदेशबाट फर्कने यात्रुले आफूले प्रयोग गरेको बाहेक एक थान मोबाइल र महिलाले ५० ग्राम र पुरुषले २५ ग्राम सुन ल्याउँदा पनि भन्सार शुल्क तिर्नुपर्दैन ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.