add

ललितपुरमा औद्योगिक वातावरण निर्माण र व्यावसायिक हकहितको लागि मेरो उम्मेदवारीः ताम्राकार






ActPro Nepal

|

८ असोज, २०८०

|
1906


रविन्द्र ताम्राकार, अध्यक्ष पदका उम्मेदवार, ललितपुर उद्योग वाणिज्य संघ

को हुन् व्यवसायी रविन्द्र ताम्राकार ?

हस्तकला क्षेत्रमा लामो समय देखि काम गर्दै आएका व्यक्ति हुन् रविन्द्र ताम्राकार । उनले विगतमा ललितपुर उद्योग वाणिज्य संघ अन्तरगत विभिन्न सक्रिय भूमिका निर्वाह गर्दै वरिष्ठ उपाध्यक्ष सम्मको कार्यभार सम्हालिसकेका छन् । ताम्राकार समाज लगायतका अन्य थुप्रै संघसंस्थाहरुमा रहेर पनि उनले आफ्नो योग्यता प्रदर्शन गरिसकेका छन् । सोहीकारण उनी ललितपुर क्षेत्रका उद्योगी व्यवसायीहरु बीच चिरपरिचित छन् । हाल उनी नेपाल तामा पित्तल व्यवसायी संघको महासचिव र नोबेल बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षको भूमिका समेत निर्वाह गरिरहेका छन्।

स्नातकोत्तर तह सम्मको औपचारिक शिक्षा हासिल गरेका उनी मूलतः हस्तकला उद्यमी हुन् । वि.सं २०६४ देखि कार्यसमिति सदस्यको रुपमा जोडिएर संघका गतिविधिहरुलाई प्रत्यक्ष नजिकबाट बुझ्दै आएका मानन्धर अब आफू संस्थाको नेतृत्व लिन योग्य रहेको ठानेर अध्यक्ष पदको लागि उम्मेदवारी दिएका छन् । आफ्नो उम्मेदवारीको मुख्य उद्देश्य ललितपुर जिल्लाको औद्योगिक व्यावसायिक वातावरणलाई नयाँ उचाईमा पुर्याउने र व्यवसायीहरुका समस्या समाधान गर्दै स्वस्थ, पारदर्शी बनाउन पहल गर्ने रहेको छ।

ताम्राकारले विगतमा २ कार्यकाल संगठन विस्तार एवं प्रचारप्रसार संयोजकको भूमिका निर्वाह गरी प्रभावकारी रुपमा काम सम्पन्न गरेका छन् । उनले आफू प्रथम उपाध्यक्ष रहँदा आयोजना गरिएको ललितपुर महोत्सवको सदस्य सचिवको भूमिकामा रही महोत्सवलाई सम्पन्न गराएका थिए । जुन मेला ज्यापू समाज र तत्कालिन ललितपुर उपमहानगरपालिकाको समेतको सहकार्यमा आयोजना गरिएको थियो । जसमा करिब ११ लाख सहभागिहरुको उपस्थिति रहेको थियो । यसैगरी हाल सम्म प्रकाशन हुँदै आएका अर्थ बुलेटिन र अर्थ स्मारिका प्रकाशनको शुरुवात ताम्राकारकै पहलमा भएको थियो । संघबाट सञ्चालन हुने गरेका गतिविधिहरु सबै व्यवसायीको पहुँचमा पुर्याउने आफूहरुको दायित्व सम्झेर उक्त प्रयाश गरिएको ताम्राकार दावी गर्छन्।

कस्तो हुनुपर्छ संघको अबको नेतृत्व ?

वस्तुगत संघ, एसोसिएट सदस्य एवं सबै किसिमका उद्योगी व्यवसायी र सरकारी निकाय एवं कुटनीतिक संस्थाहरुसँग राम्रो सहकार्य गर्न सक्ने कुशल पात्र संघको नेतृत्वमा आउनुपर्छ भन्ने ताम्राकारको मान्यता छ । हाल सम्म ललितपुर क्षेत्रका ठूलो सङ्ख्याका व्यवसायीहरु उद्योग वाणिज्य संघको दायरा भन्दा बाहिर रहेको र केही सीमित क्षेत्रका व्यवसायीहरु मात्र संघमा समेटिएको अवस्थामा संघमा नयाँ सदस्यहरुलाई आकर्षित गर्न सक्ने माहौल बनाउने र सबैलाई न्याय गर्न सक्ने गरी सही अर्थमा अभिभावकीय भूमिका निर्वाह गर्न सक्ने नेतृत्व ललितपुरका व्यवसायीहरुले खोजिरहेका छन् । जसबाट उद्योग वाणिज्य संघ समग्र ललितपुरबासी व्यवसायीहरुको साझा संघ बन्न सकोस्।

ललितपुर उद्योग वाणिज्य संघ नेपालको उद्योग वाणिज्य क्षेत्रमा काम गर्ने गर्विलो इतिहास बोकेको संस्था समेत भएको कारण यस संस्थालाई नेतृत्व गर्ने व्यक्तिमा सबै विषय परिस्थितिहरुलाई राम्रोसँग बुझ्न र व्यवस्थापन गर्न सक्ने व्यक्तिको आवश्यकता पर्ने ठानेर आफू चुनावी मैदानमा होमिएको बताउँछन् उनी 

 निर्वाचित हुनेमा ढुक्क छुः ताम्राकार

स्वतन्त्र उम्मेदवारी घोषणा गरेका ताम्राकार विगतमा उद्योग वाणिज्य संघ लगायत विभिन्न संस्थाहरुमा रहँदा आफूले निर्वाह गरेको भूमिका एवं आफ्नो समन्वयनकारी क्षमतालाई मूल्याङ्कन गरी निर्वाचनमा भोट मार्फत व्यवसायीहरुले प्रदान गर्ने विश्वासको आधारमा निर्वाचित हुनेमा विश्वस्त छन् । आफू हालका अध्यक्षका उम्मेदवारहरु मध्ये सबैभन्दा बढी योगदान पुर्याएको र बढी अनुभव हासिल गरेको व्यक्ति समेत भएको कारण आफ्नो उम्मेदवारी स्वभाविक भएको ताम्राकारको दावी छ ।

ललितपुर उद्योग वाणिज्य संघको अघिल्लो निर्वाचनको समयमा आफू ताम्राकार समाजको अध्यक्ष रहेको र एउटै व्यक्ति एकै समयमा २ ओटा सक्रिय संस्थाको नेतृत्वमा आउनुहुँदैन भन्ने मान्यताले आफूले उम्मेदवारी नदिएको उनले बताए । साथै ललितपुर उद्योग वाणिज्य संघ नेपालको उद्योग वाणिज्य क्षेत्रमा काम गर्ने गर्विलो इतिहास बोकेको संस्था समेत भएको कारण यस संस्थालाई नेतृत्व गर्ने व्यक्तिमा सबै विषय परिस्थितिहरुलाई राम्रोसँग बुझ्न र व्यवस्थापन गर्न सक्ने व्यक्तिको आवश्यकता पर्ने ठानेर आफू चुनावी मैदानमा होमिएको सेताेघर डट कमसँगकाे कुराकानीको क्रममा बताए ।

ललितपुरको विकास सम्भावना

आफ्नो उम्मेदवारी सीमित व्यवसायीको लागि नभई समग्र ललितपुरको विकासको लागि महत्वपूर्ण कोशेढुङ्गा हुने ताम्राकारको दाबी छ । ललितपुर जिल्ला गाउँ र शहर मिलेर बनेको, उपत्यका भित्रका ३ ओटा गाउँपालिका ललितपुरमा नै रहेको र यहाँ अति कम विकसित (विकट) क्षेत्र समेत रहेकोले ती क्षेत्रहरुलाई माथि उठाउन संघको पहलमा प्रशस्त काम गर्नुपर्ने आवश्यकता छ ।

वस्तुगत संघ, एसोसिएट सदस्य एवं सबै किसिमका उद्योगी व्यवसायी र सरकारी निकाय एवं कुटनीतिक संस्थाहरुसँग राम्रो सहकार्य गर्न सक्ने कुशल पात्र संघको नेतृत्वमा आउनुपर्छ भन्ने ताम्राकारको मान्यता छ।

यो संघ नेपाल उद्योग वाणिज्य महासंघलाई जन्माउने मध्येको एउटा संस्था समेत भएको, पर्यटकीय शहर र कला नगरीको रुपमा रहेको ललितपुर कृषि उत्पादनको लागि समेत उर्वर भूमि मानिन्छ । औद्योगिक वातावरण निर्माण एवं यहाँका कलाको संरक्षण, प्रवद्र्धन र बजारीकरणको माध्यमबाट वैदेशिक रकम भित्र्याउन सकिने प्रशस्त आधारहरु रहेको, परम्परासँग जोडिएका कला, संस्कार र ज्ञानहरुको संरक्षण र प्रचारप्रसार लगायतको लागि संघले एक्लै वा नगरपालिका एवं उद्धेश्य मिल्दा अन्य संस्थाहरुसँग सहकार्यमा थुप्रै काम गर्न सकिने सम्भावना उच्च छ ।

बाह्य एवं आन्तरिक दुवै रुपमा बदलिनुपर्ने आवश्यकता

कृषिको व्यावसायिकरण, यान्त्रिकीकरण र आधुनिकीकरण, सम्पूर्ण व्यवसायीहरुको पहुँचमा कर शिक्षा पुर्याउने कार्य, व्यवसायी एवं कर्मचारीहरुको थप प्रगतिको लागि आवश्यकता अनुसार विभिन्न सीप एवं व्यक्तित्व र नेतृत्व विकास तालिमहरु सञ्चालन लगायतका कामहरु गर्नुपर्ने जरुरी पनि छ । भौतिक विकाससँगै गुणात्मक विकासलाई पनि सँगसँगै अघी बढाउनुपर्ने जरुरी छ । शिक्षा र ज्ञानलाई व्यवहारोपयोगी बनाउने, स्वास्थ्य सम्बन्धी व्यापक मात्रामा सचेतना जागरणमूलक गतिविधिहरु सञ्चालन गर्नुपर्ने, खानपान र जीवनशैलिमा परिवर्तन ल्याउने जस्ता व्यक्तिगत बानी व्यवहार परिवर्तनसँग जोडिएका गतिविधिहरु सञ्चालन गर्नको लागि पनि नेतृत्वले केही पहल अवश्य गर्नुपर्ने आवश्यकता छ । स्वच्छ र समृद्ध समाजको परिकल्पना सहित त्यसको नेतृत्व लिन चाहने र समाजमा योगदान पुर्याउन चाहने व्यक्तिले सबैभन्दा पहिले आफैंलाई बदल्न सक्नुपर्छ भन्ने ताम्राकारको मान्यता छ । यी र यस्ता कामहरुको लागि समय–समयमा विभिन्न तालिम, प्रशिक्षण र वर्कशप लगायतका कार्यक्रमहरु आयोजना गर्ने लगायतका विभिन्न योजनाहरु तयार पारेर सोही बमोजिम अध्यक्ष पदको बलियो उम्मेदवारको रुपमा आफू अघी सरेको ताम्राकारको दावी छ ।

अन्त्यमा,

५ दशक भन्दा लामो इतिहास बोकेको संस्थालाई नेतृत्व गर्ने कार्य आफैंमा निकै महत्वपूर्ण र चुनौतीपूर्ण अवश्य हुनेछ।यसकारण यसको नेतृत्व लिने व्यक्तिले संस्थाको विगतलाई राम्रोसँग बुझेको हुनुपर्छ । १–२ कार्यकाल कार्यसमितिमा रहेर काम गर्दैमा संस्थालाई राम्रोसँग हाँक्न सकिन्छ भन्ने हुँदैन । लामो इतिहास बोकेको संस्थालाई थप प्रगतिपथमा अघी बढाउनको लागि कुशल नेतृत्व दिन सक्ने व्यक्ति अहिलेको आवश्यकता हो । दीर्घकालिन योजना र रणनीति अनुसार आफ्ना कदमहरु चाल्न सक्ने, हरेक परिस्थितिसँग जुध्न सक्ने, आफूले वहन गरेको जिम्मेवारीलाई किनारामा पुर्याउन सक्ने नेतृत्वको खाँचो देखेर नै आफू यसपटक अध्यक्ष पदको लागि निर्वाचनमा होमिएको ताम्राकार बताउँछन्।

आफू उद्योग वाणिज्य संघमा लिनको लागि नभई आफूले विगतमा विभिन्न प्लेटफर्महरुमा रहँदा सिकेको ज्ञान अनुभव मार्फत उद्योगी व्यवसायीहरुको हकहितमा योगदान पुर्याउनको लागि दाबेदार बनेको बताउने ताम्राकार मतदाताहरुलाई उपयुक्त पात्र छनौट गरेर सोहीबमोजिम मतदानको माध्यमबाट आफूलाई निर्वाचित गराउन आह्वान समेत गर्छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.