add

कांग्रेस बैठकमा अर्थमन्त्रीप्रति केन्द्रीय सदस्यकै आलोचना






ActPro Nepal

|

५ असोज, २०८०

|
2985

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा आर्थिक मन्दीलाई पार लगाउन कुनै कदम नचालेको भनी अर्थमन्त्री डा प्रकाशरण महतको आलोचना भएको छ।

पार्टी कार्यालयमा अधिकांश केन्द्रीय सदस्यले मन्दीको अवस्थामा पनि अर्थतन्त्र चलायमान बनाउने नीति अवलम्बन गर्न नसकेको भनी महतको आलोचना गरेका हुन्। 

पार्टी कार्यालयमा दुई दिनदेखि जारी बैठकमा आफ्नो धारण राख्दै केन्द्रीय सदस्य प्रा डा. गोविन्दराज पोखरेलले अर्थमन्त्री डा प्रकाशरण महतमाथि बजार चलायमान बनाउने नीति लिन नसकेको बरु पदीय जिम्मेवारी विपरीत अनुत्तरदायी अभिव्यक्ति दिंदै हिंडेको आरोप लगाए।

‘अर्थमन्त्री राष्ट्र बैंकलाई मौद्रिक नीति कडा ल्याएको भनेर गाली गर्नुहन्छ। गभर्नर सरकारको नीतिका कारण अहिलेको स्थिति निम्तिएको भन्छन्। सरकारको संवेदनशील अंगमा बसेर यसरी अनुत्तरदायी भएर बोल्नु भएन’, पोखरेलले भने।

अर्थमन्त्री डा प्रकाशरण महतले आफ्नै जिल्लामा मात्रै बजेट लगेको भनेर यस अघिको बैठकमा  केन्द्रीय सदस्यहरुले आलोचना गरेका थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.