add

स्प्याराे एसएमएस अब रिब्रान्डिङ र नयाँ विशेषताका साथ






ActPro Nepal

|

५ असोज, २०८०

|
326

काठमाण्डौ । स्प्याराे एसएमएसले आफ्ना एसएमएस सेवाका अतिरिक्त भ्वाइस र भाइबर बिजनेस मेसेजिङ सेवाहरू आफ्नो प्लेटफर्ममा जोडेको छ । यी सेवाहरूको बढ्दो मागलाई सम्बोधन गर्दै स्प्याराे एसएमएसले विश्वव्यापी स्तरमा एसएमएस र इन्टरप्राइज मेसेजिङ प्लेटफर्महरू सुरु गर्ने तयारी गरिरहेको छ।

बदलिँदो परिस्थितिलाई मध्यनजर गर्दै स्प्याराे एसएमएसले स्प्याराेको प्लेटफर्मको दक्षता र विश्वसनीयता अब नेपाल बाहिर र विश्वव्यापी प्रयोगकर्ताहरुमाझ पुर्याउने उद्देश्यसहित विस्तार गरेकाे बताएकाे छ।

किन रिब्रान्डिङ ?

स्प्याराे एसएमएसले १३ वर्षभन्दा लामो समयदेखि नेपालमा एसएमएस सेवा प्रदायकको रूपमा आफ्नो स्थान कायम राखेको छ। पर्याप्त प्राविधिक विकास र सूचना प्रविधि क्षेत्रमा उत्कृष्ट स्टार्टअप र व्यवसायहरुको विस्तारको सन्दर्भमा स्प्याराे एसएमएसले विभिन्न कम्युनीकेशन च्यानलहरू एकीकृत गर्न सक्षम ईन्टरप्राईज मेसेजिङ प्लाटफर्मको आवश्यकता महशुस गरेकाे जनाएकाे छ। यस अनुभूतिले कम्पनीलाई एक परम्परागत एसएमएस सेवा प्रदायकबाट बृहत् ईन्टरप्राईज मेसेजिङ प्लाटफर्ममा रूपान्तरण गरी रिब्रान्डिङका साथ अगाडि बढ्न प्रेरित गरेकाे बताइएकाे छ। यस रिब्रान्डिङ पश्चात आफ्ना प्रयोगकर्ताहरू माझ आजको दिनमा आवश्यक कम्युनिकेशनका टुलहरु मार्फत अझै स्तरीय सेवा प्रदान गर्ने विश्वास कम्पनीको रहेको छ।

नयाँ के छ ?

यस रिब्रान्डिङले स्प्याराे एसएमएस र यसका प्रयोगकर्ताहरूलाई थप आकर्षक सेवाहरु प्रदान गर्नेछ। एउटा नयाँ र आकर्षक ब्रान्ड लुक्सले स्प्याराे एसएमएसको एक ईन्टरप्राईज मेसेजिङ कम्पनीको रूपमा भएको रुपान्तरण प्रतिबिम्बित गर्ने कम्पनीकाे भनाइ छ । स्प्याराेको नयाँ लोगोले एसएमएस, भ्वाइस र इन्स्ट्यान्ट मेसेजिङमा स्पिड, दक्षता र विश्वसनीयतालाई प्रतिनिधित्व गर्नुकासाथै नयाँ स्वरुपमा डिजाइन गरिएको वेबसाइटले आवश्यक जानकारी खोज्न र सेवाहरू प्रयोग गर्न सजिलो बनाउने कम्पनीले विश्वास गरेकाे छ । 

अपडेट गरिएका रंगहरूले व्यावसायिकता, विश्वास र नवीनता ल्याउने र स्प्याराे एसएमएसको इन्टरप्राइजेज मेसेजिङ प्लेटफर्ममा भएको यस रिब्रान्डिङ पश्चात कम्पनी र संस्थाहरुले आफ्ना नवीनतम सञ्चार आवश्यकताहरू पूरा गर्नका लागि तयार पारिएका नयाँ र परिष्कृत सेवाहरुको अपेक्षा गरिएकाे छ ।

यस रूपान्तरण पश्चात कम्पनीले निम्न सेवा र विशेषताहरु ल्याउनेछ:

● मल्टि - च्यानल कम्युनीकेशन प्लेटफर्म

● नयाँ सेवाहरु:  ओटिपी,2FA (दुई-चरणको प्रमाणीकरण), अन्तर्राष्ट्रिय एसएमएस, मिस्ड कल मार्केटिङ, च्याटबट सेवा आदी

● सरल ईन्टिग्रेसन र एपीआई सेवा

● सुदृढ र मजबुत डाटा सुरक्षा

● चौबिसै घण्टा उपलब्ध ग्राहक सेवा

यो रिब्रान्डिङले केवल बाहिर देखिने आवरण भन्दा अन्य धेरैथोक प्रतिनिधित्व गर्दछस यसले स्प्याराे एमएमएसको सेवामा रूपान्तरण र विकास, प्रयोगकर्ताको अनुभव सुधार्न र इन्टरप्राइज कम्युनीकेशनमा उत्कृष्टता हासिल गर्ने उद्देश्य रहेको साथै व्यवसायहरूको बदलिँदो संचार आवश्यकताहरूलाई पुर्ति गर्न सक्ने बृहत, प्रयोगकर्ताले रोजेअनुसारको र प्राविधिक रूपमा थप सशक्त ईन्टरप्राईजेज मेसेजिङ प्लाटफर्म प्रदान गरेर ईन्टरप्राईज मेसेजिङलाई माथि उठाउनु नै यस रिब्रान्डिङको मुख्य लक्ष्य रहेको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज थापा बताउँछन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.