काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकका विकास लागि विज्ञान प्रविधिको प्रयोग गर्नुपर्ने बताएका छन् ।
ललितपुर, च्यासलस्थित एमाले पार्टी कार्यालयमा एमाले विज्ञान तथा प्रविधि विभागले राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजना गरेको ‘नेपालमा विज्ञान तथा प्रविधिको वर्तमान अवस्था र चुनौतीहरू’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले विज्ञान प्रविधिको प्रयोग नगरिकन मुलुकको विकास सम्भव नहुने बताए ।
उनले विज्ञानलाई नेपालले बुझेको भन्दै विज्ञान प्रविधिको सही प्रयोग गर्नुपर्ने धारणा व्यक्त गरे । अध्यक्ष ओलीले विज्ञान अत्यन्तै आवश्यक कुरा रहेको उल्लेख गर्दै विज्ञानको विकास गर्ने कि प्राप्त गर्ने भन्ने कुरा मात्र फरक रहेको बताए ।
उनले विज्ञानले प्रकृतिमा रहेका नियमलाई सत्यतथ्यलाई बताउने बताए । उनले ज्ञान र शिक्षाको पहिलो थलो हाम्रो मुलुक रहेको भन्दै ज्ञान प्राप्त गर्ने कुरामा बीचमा ‘ब्रेक’ लागेको र अहिले त्यो हटेको धारणा व्यक्त गरे ।
उनले मुलुकको विकास गर्नका लागि कठिनाइ रहेको उल्लेख गर्दै भने, ‘कठिनाइ हामीसँग रहेका छन् । हामीले केही गरेका छौँ । तर जहाँसम्म गर्नुपर्ने हो त्यो मात्र नगरेका मात्र हौँ ।’
उनले अध्ययन अनुसन्धानतर्फ ध्यान नदिँदा विकास निर्माण अघि नबढेको भन्दै विज्ञान प्रविधि आवश्यक रहेको बताए ।
उनले भने, ‘हामी ती पुर्खाका सन्तान हौँ जसको ‘जेनेटिक मेमोरी’ले काम गर्न सक्दछ । हाम्रो जीवनमा हाम्रा वैज्ञानिक पुर्खाको रगत रहेको छ । त्यसले गर्दा हामी छिट्टै जान्न र सिक्न सक्दछौँ ।’
उनले मासुमा आत्मनिर्भर भनिएको भए पनि विदेशबाट ट्रकका ट्रक खसी आउने गरेको बताए । उनले भने, ‘आत्मनिर्भर त भन्छौँ । दशैँका लागि थुप्रै फर्मले खसीबोका हुर्काइरहेका होलान् । मेरा आँखा अगाडिबाट ट्रकका ट्रक खसी बोका आइरहेका छन् भने कसरी पत्याउने मासुमा आत्मनिर्भर छौँ भनेर ?
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।