add

प्रधानमन्त्री ‘प्रचण्ड’ को चीन भ्रमण अघि नेपाललाई खुशी पार्न भारतको अर्को निर्णय






ActPro Nepal

|

१९ भदौ, २०८०

|
162

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असोजमा चीन भ्रमण गर्ने तयारी थालेको छन् । त्यसको प्रभाव भारतमा देखिन थालेको छ । जस अनुसार चीन भ्रमणको पूर्वसन्ध्यामा भारतले नेपाललाई खुशी पार्न अर्को निर्णय गरेको छ ।

त्यो निर्णय भारत सरकारको केन्द्रीय मन्त्रिपरिषद्ले नेपालसँग १० वर्षमा १० हजार मेगावाट विद्युत् दीर्घकालीन रुपमा खरिद गर्ने पारित प्रस्ताव स्वीकृत गरेको हो ।

प्रधानमन्त्री दाहालको गत जेठ १७ गते भएको भारत भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीबीच भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत् आयात गर्ने घोषणा भएको थियो । त्यतिबेला भारतको मन्त्रिपरिषद्ले पारित नगरेकाले दुवै देशका ऊर्जा सचिवस्तरमा प्रारम्भिक हस्ताक्षर भएको थियो ।

‘प्रचण्ड’ भारत भ्रमणका बेला सो सम्झौतामा हस्ताक्षर गर्ने भनिए पनि भारतले आवश्यक तयारी नपुगेको भनेपछि सम्झौता हुन सकेको थिएन । प्रचण्ड भ्रमण सकेर फर्किएको ३ महिनापछि अहिले भारतले दीर्घकालीन विद्युत् व्यापार सम्बन्धी प्रस्ताव स्वीकृत गरेको हो ।

भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले भारतको मन्त्रिपरिषद् बैठकले नेपालसँग १० वर्षमा १० हजार मेगाबाट बिजुली किन्ने प्रस्ताव पारित गरेको पुष्टि गरेका छन् । उनले मंगल बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फ यस्तो जानकारी दिएका हुन् ।

आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली खरिद गर्न भारतको मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । यसले नेपालको विद्युत् विकासको नयाँ मार्गचित्र निर्माण गर्न बाटो खुलेको छ,’ उनले लेखेका छन् ।

यसबाट नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने राजदूत शर्माको विश्वास छ । भारतको मन्त्रिपरिषद्ले दीर्घकालीन विद्युत् व्यापार सम्झौतापत्र स्वीकृत गरेसँगै अब दुई देशका ऊर्जा सचिवले सम्झौतामा हस्ताक्षर गर्नेछन् । सम्झौतापत्रमा हस्ताक्षर भएपछि नेपाललाई भारत विद्युत् निर्यातमा सजिलो हुनेछ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.