add

पीडितलाई क्षतिपूर्ति र समाजमा पुनर्मिलन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल






ActPro Nepal

|

१८ भदौ, २०८०

|
335

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र द्वन्द्वका क्रममा पीडित भएका व्यक्तिलाई क्षतिपूर्ति प्रदान गरी उनीहरुलाई समाजमा पुनर्मिलन गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन ।

एड्भोकेसी फोरम र न्यायका लागि अन्तर्राष्ट्रिय आयोगले आज आयोजना गरेको नेपालमा संक्रमणकालीन न्याय प्रक्रियासम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै उनले गम्भीर मानवअधिकार उल्लंघनका दोषीलाई न्यायको कठघरामा ल्याइने प्रतिबद्धता व्यक्त गरेका हुन ।

प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियालाई अन्तिम निष्कर्षमा पुर्‍याउनका लागि विश्वसनीय संक्रमणकालीन न्याय प्रक्रिया स्थापना गरिने बताए ।

‘संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउन विस्तृत शान्ति सम्झौताको अधिनमा रही नेपालको सर्वोच्च अदालतको निर्देशन र सान्दर्भिक अन्तर्राष्ट्रिय प्रतिबद्धता साथै पीडितका चासोलाई मुख्यरुपमा ध्यान दिइनेछ’, प्रधानमन्त्री दाहालले भने, ‘यसका लागि सरोकारवाला र पीडित पक्षसँग परामर्श गरिनेछ ।’

संक्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधनका लागि अघिल्लो संसद्मा पेस गरिएको भए पनि पारित हुन नसकेको उल्लेख गर्दै उनले नयाँ संसद् प्रारम्भ भएपछि आवश्यक संशोधनसहित पुनःसदनमा दर्ता भएको जानकारी दिए ।

संसद्को समितिमा विचारधीन रहेको सो विधेयकमा सरोकारवालाले उठाएका विषयलाई समितिले सम्बोधन गर्ने उनले बताए । नयाँ संविधान आफैँमा शान्ति सम्झौताको उपज भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले संविधानमा अन्तर्राष्ट्रिय मानवअधिकार कानुनमा समाविष्ट मानवअधिकारका विषय समेटिएको बताए ।

संविधान लिपिबद्ध भएका आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार नेपालमा सञ्चालित द्वन्द्वको उपलब्धिका रुपमा रहेको उनको भनाइ छ ।

संविधानमा उल्लेख गरिएका नागरिक अधिकार जनआन्दोलन र जनयुद्धका कारण प्राप्त भएको जनाउँदै उनले शान्ति प्रक्रियाको मुख्य काम मानिएको माओवादीका पूर्वलडाकुको नेपाली सेनामा समायोजन र समाजमा पुनःस्थापित भए पनि विगतमा भएका मानवअधिकार उल्लंघनको विषयलाई सम्बोधन गर्न बाँकी रहेको जनाए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.