काठमाडौं । भुटानको ड्रुक एयरले भुटानबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने भएको छ ।
ड्रुकले ९ सेप्टेम्बर (२३ भदौ)का दिन भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा सिधा उडान गर्ने भएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ड्रुक एयरले सो दिन चार्टर्ड उडान गर्ने भएको हो । पोखरा विमानस्थलमा ड्रुकको न्यारोबडी जहाजले उडान गर्ने जनाइएको छ ।
गत पुस १७ गतेदेखि संचालनमा आएको पोखरा विमानस्थलमा नियमित रुपमा आन्तरिक उडान भए पनि हालसम्म कुनै विदेशी एयरलाइन्सले नियमित उडान गरेका छैनन् ।
यसअघि गत असार ६ गते पोखरा विमानस्थलमा पहिलो अन्तर्राष्ट्रि उडान भएको थियो । चीनको छेन्दुबाट सिचुआन एयरलाइन्सको जहाजले चार्टर्ड उडान गरेको थियो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।