add

गौ हत्याविरुद्ध सुर्खेतमा प्रदर्शन






ActPro Nepal

|

९ भदौ, २०८०

|
117

काठमाडौं । सुर्खेत- सुर्खेतमा गौ हत्याविरुद्धमा प्रदर्शन गरिएको छ ।

वैदिक सनातन धर्म सेवा समिति सुर्खेतको आयोजना र ॐ कार परिवार धार्मिक संघ संस्थाको समन्वयमा उक्त विरोध प्रदर्शन गरिएको हो । उनीहरूले विभिन्न ब्यानरका साथ गौ हत्या बन्द गर जस्ता नारा लगाउनुका साथै भजन कीर्तन गर्दै वीरेन्द्रनगर बजार परिक्रमा गरेका छन् ।

राष्ट्रिय जनावरको साथै गाईको हत्या गर्नु अपराध मानिएको छ । गाईको संरक्षणका लागि उक्त प्रदर्शन गरिएको जनाइएको छ । 

नेपाल राष्ट्रिय जनावर र हिन्दु धर्मावलम्बीहरूले माताका रूपमा पुज्ने गाईको हत्या गरिएको विषयमा कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतमा विरोध प्रदर्शन गरिएको हो ।

गाईको संरक्षणका साथै सनातन हिन्दु धर्मको रक्षाका लागि गरिएको उक्त प्रदर्शनमा सहभागी नागरिक अगुवा ललित भट्टराईले बताए । ‘धर्ममाथिको हस्तक्षेप भइरहेको छ यसको जवाफ हो,’ उनले भने, ‘मातालाई नै मारिएको छ, यसलाई रोक्नुपर्छ र गौ माताको रक्षा गर्नुपर्छ।’

देशव्यापी रूपमा अहिले गौ हत्याका विषयमा विरोध प्रदर्शन भइरहेका छन् । राष्ट्रिय जनावर तथा हिन्दुहरूको माता गाईलाई संरक्षण गर्न तथा गौ हत्या जस्तो आपराधिक कार्यलाई पूर्ण रूपमा बन्द गराउन दबाब दिने उद्देश्यले सुर्खेतमा गौ हत्याविरुद्धमा प्रदर्शन गरिएको आयोजकले जनाएको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.