add

आइएमई लाइफको खुद बीमाशुल्क र नाफा दुबै बढ्यो






ActPro Nepal

|

३० साउन, २०८०

|
429

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा २४ करोड ८ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १२ करोड ८६ लाख ५६ हजार रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ८७ प्रतिशत नाफा बढाएको हो ।

गत असारसम्म कम्पनीको खुद बीमा शुल्क १६.४८ प्रतिशत बढेर ४ अर्ब १ करोड ६५ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ४४ करोड ८२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको खुद दाबी भुक्तानी २१.७४ प्रतिशत बढेर १ अर्ब ६ करोड ७६ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ८७ करोड ७० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १८५.७१ प्रतिशत बढेर ४ अर्ब रुपैयाँ, जगेडा कोष २४९.३६ प्रतिशत बढेर २ अर्ब ७१ करोड ३८ लाख रुपैयाँ र जीवन बीमा कोष ४३.२५ प्रतिशत बढेर ६ अर्ब ७५ करोड १५ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ६.०२ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १७१.०५ रुपैयाँ रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.