add

नेपाल इन्स्योरेन्सको नाफा १० प्रतिशत






ActPro Nepal

|

३० साउन, २०८०

|
319

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ४० करोड ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३६ करोड ४० लाख ६६ हजार रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १० प्रतिशत नाफा बढाएको हो ।

गत असारसम्म कम्पनीको खुद बीमा शुल्क ११ प्रतिशत बढेर ७९ करोड ८१ लाख ६८ हजार रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६६ करोड ८९ लाख ४३ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको खुद दाबी भुक्तानी ३ प्रतिशत बढेर २९ करोड ७६ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २८ करोड १५ लाख ३० हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ८.४१ प्रतिशत बढेर १ अर्ब ४९ करोड ४७ लाख रुपैयाँ, जगेडा कोष २३ प्रतिशत बढेर ४९ करोड २७ लाख रुपैयाँ, बीमा कोष २६.४२ प्रतिशत बढेर ९५ करोड २६ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी २६.७६ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १९६.७) रुपैयाँ रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.